राष्ट्रपति सी को नेपाल भ्रमणको परिणाम ऐतिहासिक हुने चीन सरकारको घोषणा

काठमाडौं । चीनले राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको परिणाम ऐतिहासिक हुने बताएको छ । राष्ट्रपति सीको भ्रमण हुनै लाग्दा चीनका उपविदेशमन्त्री लुओ झाओहुईले बेइजिङमा यो दावी गरेका हुन् ।

चीनबाट राष्ट्रपति तहमा २३ वर्षपछि यो पहिलो भ्रमण हुने भएकोले पनि यसको महत्व, प्रभाव र परिणाम सबै ऐतिहासिक हुने चीनले उनको दावी गरेको छ । खासगरी ट्रान्स हिमालय कनेक्टिभिटी नेटवर्कको नयाँ खाका समेत यस भ्रमणको क्रममा बन्ने बताइएको छ ।

राष्ट्रपति सी २५ गते शनिबार नेपाल आउनेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई दिन अनौपचारिक सम्मेलन गरेर उनी भारतबाट नेपाल आउने छन् । २३ वर्षपछि चिनियाँ राष्ट्रपतिको भ्रमण नेपालमा हुन लागेको हो । राष्ट्रपति सीको भ्रमण हुनै लाग्दा चीनका उपविदेशमन्त्री लुओ झाओहुईले बेइजिङमा भनेका छन्, ‘यो ऐतिहासिक भ्रमण हो । यो भ्रमणले महत्व र प्रभाव पनि ऐतिहासिक नै हुनेछ ।’

बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तरगत ट्रान्स हिमालय केनेन्टिभिटी प्रोजेक्टहरु छन् । उपमन्त्री लुओकाअनुसार सीको भ्रमणले नेपाल चीन द्वीपक्षीय सम्बन्धको राजनीतिक आधार अझ मजबुत बनाउनेछ भने बीआरआई अन्तरगतका विकास आयोजनाहरुको खाका पनि बन्नेछ ।

दुबै पक्षले बीआरआर सहकार्यलाई मजबुत बनाउने र ट्रान्स हिमालय बहुआयामिक कनेक्टिभिटी नेटवर्कलाई गति दिने समेत उपमन्त्री लुओले बताएका छन् ।

सीको भ्रमणका क्रममा बन्दरगाह, रेल र सडक सञ्जालबारे महत्वपूर्ण सहमति जुट्ने विश्वास लिइएको समेत चिनियाँ उपमन्त्रीले बताएका छन् ।

 

Loading...