काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको नेता चयन पेचिलो बनिरहेका बेला केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बैठक सोमबार ११ बजेका लागि बोलाइएको हो । उक्त बैठकमा पार्टी सभापति गगन थापाले संसदीय दलको नेताका लागि सहमतिको प्रस्ताव पेस गर्ने र सहमतिको आधारमा नेताको नाम टुङ्ग्याउने तयारी भएको छ । कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि […]
राजनीति
नेकपाको संयोजन समितिको बैठक भोलि !
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय संयोजन समितिको बैठक सोमबार बस्ने भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने बैठकमा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सह–संयोजक माधव कुमार नेपालले तयार पारेको निर्णय प्रस्ताव पेस गर्ने नेता प्रकाश ज्वालाले जानकारी दिए । ज्वालाका अनुसार बैठकले नेताहरूको कार्य विभाजन, विभागीय जिम्मेवारी, सचिवालय र केन्द्रीय […]
आफ्नै अभिव्यक्तिका कारण विवादमा परेका रास्वपा सांसद पोखरेलले मागे माफी
काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका रास्वपा सांसद विश्वराज पोखरेलले माफी मागेका छन् । ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माविका प्राध्यापकले स्वागत गर्न नआएको भन्दै पोखरेल जंगिएका थिए । सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि उनको अभिव्यक्तिमाथि प्रश्न उठेको थियो । त्यसक्रममा उनले प्रेस विज्ञप्ति जारी गर्दै स्पष्टीकरण पनि […]
प्रधानमन्त्री र मन्त्रीलाई समान कूटनीतिक आचारसंहिता लागू गराउँदैछौं : परराष्ट्रमन्त्री खनाल
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका–१० ले आज मनमैजुमा आयोजना गरेको कार्यक्रममा उनले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारणा गरेका व्यक्ति सबैलाई समान रूपमा लागू गर्न आफूहरू लागिपरेको बताए । […]
नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: कांग्रेस प्रवक्ता चालिसे
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले नियमावलीलाई सुपर–कानुन बनाउने प्रयास भइरहेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– ‘प्रतिनिधि सभाको प्रस्तावित नियमावली–२०८३ ले एउटा गम्भीर संवैधानिक प्रश्न उभ्याएको छ: संसद् कानुन बनाउने संस्था हो कि कानुनभन्दा माथि रहेको संस्था हो ?’ उनी थप लेख्छन्– ‘प्रस्तावित नियमावलीमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए […]
स्वागत गर्न नआएको भन्दै प्रधानाध्यापकलाई थर्काउने रास्वपा सांसद विश्वराजको चौतर्फी विरोध
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद विश्वराज पोखरेलले विद्यालयको प्राध्यापकले स्वागत गर्न नआएको भन्दै पोखरेलले दिएको अभिव्यक्तिको चौतर्फी विरोध भएको छ । ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको एक विद्यालयका प्रधानाध्यापकलाई थर्काएका थिए । आफ्नो स्वागतमा नआएको प्रति रुष्ट हुँदै प्रधानाध्यापकलाई पोखरेलले भनेका थिए, ‘म आउँदैछु भन्दा तपाईं निस्किनु पर्छ । […]
बालेनलाई हर्कको आग्रह– जनतालाई धेरै दुःख नदिनु
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बोलेन शाहलाई सुझाव दिँदै जनतालाई धेरै दुःख नदिन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्– ‘बालेन जी… तपाईँलाई मेरो सुझाव– जनतालाई धेरै दुःख नदिनु ! जग्गा जमिन तेरो न मेरो कसैको हुँदैन १ सबै जना एक दिन सडेर या जलेर खरानी हुँदै माटोमा विलय […]
सरकारको निर्णय: विपिन जोशी परिवारलाई १० लाख राहत
काठमाडौँ । सरकारले इजरायल मा ज्यान गुमाएका विपिन जोशी का परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ। २ वैशाखमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री सस्मित पोखरेल ले जानकारी दिए। उनका अनुसार अध्ययनका लागि इजरायल गएका जोशी गाजामा भएको घटनामा परी ज्यान गुमाएका थिए। सरकारले उनको परिवारलाई […]
एमालेको प्रमुख सचेतकमा ऐन बहादुर महर नियुक्त
काठमाडौँ । नेकपा (एमाले) ले प्रतिनिधि सभाको प्रमुख सचेतकमा ऐन बहादुर महर लाई मनोनयन गरेको छ। संसदीय दलका नेता राम बहादुर थापा ले सङ्घीय संसदीय दलको विधान, २०७७ बमोजिम शुक्रबारदेखि लागू हुने गरी महरलाई उक्त जिम्मेवारी दिएका हुन्। दलका नेताद्वारा जारी पत्रमा महरले प्रमुख सचेतकको हैसियतमा आफ्नो काम, कर्तव्य र अधिकार इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास […]
कांग्रेस संसदीय दलको नेता चयन स्थगित, विश्वप्रकाश नेतृत्वमा सहमति खोज्ने समिति गठन
काठमाडौँ । नेपाली कांग्रेस को संसदीय दल नेता चयन प्रक्रिया अन्तिम समयमा आएर स्थगित गरिएको छ। निर्वाचन समितिले सार्वजनिक गरिसकेको कार्यतालिकाअनुसार शुक्रबार अपराह्न ३ बजेदेखि मनोनयन दर्ता हुने तय थियो। तर केन्द्रीय कार्यसम्पादन समितिको निर्देशनपछि प्रक्रिया रोकिएको हो। निर्वाचन समितिकी सदस्य मुना भुसाल ले सहमतिमै नेता चयन गर्ने प्रयासस्वरूप प्रक्रिया स्थगन गरिएको बताइन्। उपसभापति विश्वप्रकाश […]











