काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी रहेको छ। बैठकमा पार्टीको संसदीय दलको नेताको निर्वाचन प्रक्रिया, समसामयिक राजनीतिक अवस्था तथा आगामी रणनीतिबारे गहन छलफल भइरहेको नेताहरूले जानकारी दिएका छन्। बैठकमा विशेषगरी संसदीय दलको नेतृत्व चयनलाई प्राथमिकताका साथ उठाइएको छ। दलको नेता चयनसँगै संघीय संसदमा पार्टीको भूमिका, सरकारसँगको सम्बन्ध र […]
राजनीति
उचित विकल्प विना सुकुमबासीलाई हटाउनु राज्य आतंक : हर्क साम्पाङ
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले सरकारले देशका विभिन्न स्थानमा रहेका सुकुमबासी बस्तीहरूमा डोजर चलाएर गरिब जनतालाई बेघर बनाउन लागेकाे भन्दै आपत्ति जनाएका छन् । एक विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले संविधानको धारा ३७ को उपधारा १ ले ग्यारेन्टी गरेको आवासको हक विपरित सरकारले बस्तीहरू भत्काएको भन्दै खेद प्रकट गरेका हुन्। […]
सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख १७ गतेका लागि आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन स्थगित गरेका छन् । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन स्थगित गरेको जानकारी दिए । सरकारको सिफारिसमा वैशाख ९ राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गरेका थिए । त्यो अधिवेशन रोक्न […]
संविधान संशोधनबारे हर्क सम्पाङले दिए ९ बुँदे सुझाव
काठमाडौँ । सङ्घीय संसद्का सदस्य एवं श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले ‘संविधान संशोधनका लागि आफ्नो पार्टीको तर्फबाट ९ बुँदे सुझाव पेश गरेका छन् । बिहीबार सार्वजनिक गरिएको उक्त प्रस्तावमा देशको शासन व्यवस्था र समावेशिताका विषयमा आमूल परिवर्तनको माग गरिएको छ । सांसद राईले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति) रहने व्यवस्था हुनुपर्ने […]
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल–२०८२’ को दोस्रो बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । आजको बैठकमा विभिन्न राजनीतिक दलहरूले उपलब्ध गराएका लिखित धारणाका आधारमा पहिचान गरिएका संविधान संशोधनका मुद्दाहरूका […]
ओपीडी सेवा नखुम्च्याउन सरकारलाई कांग्रेस महामन्त्री पौडेलको आग्रह
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले केही समययता सार्वजनिक बिदाको समयमा सरकारी अस्पतालमा ओपीडी सेवा नपाउँदा बिरामीको बिजोग हुन थालेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । ओपीडी सेवा प्रभावित हुँदा सर्वसुलभ र सहज हुनुपर्ने स्वास्थ्य सेवाको पहुँच खुम्च्याएको र बिरामीलाई आर्थिक बोझ थपिदिएको उनले बताए । विगतमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आफू रहँदा अतिरिक्त समय […]
सुधनको राजीनामाबारे प्रचण्डले भने – जे गर्नुभयो, राम्रो गर्नुभयो
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्रीले पदबाट राजीनामा दिएर राम्रो गरेको टिप्पणी गरेका छन् । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीमाझ प्रचण्डले प्रश्न उठेपछि राजीनामा दिएर गृहमन्त्री सुधन गुरुङले राम्रो गरेको टिप्पणी गरेका हुन् । गृहमन्त्रीले राजीनामा दिनुभएको बिषयमा के भन्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भने, ‘उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो ।’ विवादमा […]
कम्युनिस्ट आन्दोलन खडेरीको दुबो जस्तो फेरि मौलाउने छ : प्रदीप ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले कम्युनिस्ट आन्दोलन खडेरीको दुबो जस्तो फेरी मौलाउने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको ७७ औँ वर्षको अवसरमा नेता ज्ञवालीले स्थापनाकालदेखि नै विभिन्न धक्का, विभाजन र विरोधाभास खेपे पनि यो आन्दोलन दुबो जस्तै हरेक खडेरी र दलनलाई चिर्दै पुनः मौलाउँदै आएको उल्लेख गरेका छन् । ज्ञवालीले विगतको वर्ष […]
समाजवाद र साम्यवादका लागि वामपन्थी एकता आजको आवश्यकता : प्रचण्ड
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल कम्युनिस्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा लेनिन जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण वामपन्थी र कम्युनिस्ट शक्तिहरूबीचको एकतामा जोड दिएका छन्। सन्देशमा प्रचण्डले वि.सं. २००६ साल वैशाख ९ गते स्थापना भएको कम्युनिस्ट पार्टीले सामन्ती निरङ्कुशताको अन्त्य गरी देशलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रको दिशामा डोहोर्याउन […]
कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा, सभापति थापा सहभागी हुने
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन कुमार थापा कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी हुन आज विराटनगर जाने भएका छन् । निर्धारित कार्यतालिका अनुसार सभापति थापा बिहान ९ः५० बजे विराटनगर विमानस्थलमा अवतरण गर्नेछन् भने बिहान १०ः३० बजेदेखि समीक्षा कार्यक्रम सुरु हुने पार्टीकी सहमहामन्त्री डा डिला सङ्ग्रौलाले जानकारी दिइन्। पार्टीको प्रदेशस्तरीय सङ्गठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा […]










