समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको अध्यक्षमा डिल्लीराज आचार्य नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्यूठानका आचार्यलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधि मन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए। उक्त समितिको सदस्यमा धादिङका नवराज सिम्खडा र ललितपुरका रोशनबहादुर शाक्य नियुक्त भएका छन्।

रवि लामिछानेको सांसद पद निलम्बनको माग राखेर सर्वोच्चमा रिट

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेलाई सांसदको रुपमा काम कारबाही गर्न रोक लगाउनुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन पेस भएको छ । अधिवक्ता आयुष बडाललगायतले सम्पत्ति शुद्धीकरणको मुद्दा विचाराधीन भएको अवस्थामा सार्वजनिक पदमा रहेका लामिछाने स्वत: निलम्बनको अवस्थामा रहने भएकाले उनलाई सांसदको रुपमा कामकाज गर्न दिन नहुने आदेशको माग राखेर निवेदन दिएका हुन् । तीन […]

प्रत्यक्ष निर्वाचन नजितेका क्षेत्रमा रास्वपाले दियो समानुपातिक सांसदलाई जिम्मेवारी (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिक सांसदहरूलाई जिम्मेवारी तोकेको छ । आइतबार बसेको सचिवालय बैठकले प्रत्यक्षतर्फ नजितेका निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरूलाई जिम्मेवारी दिने निर्णय गरेको थियो । सचिवालयको सोही निर्णय अनुसार समानुपातिक सांसदहरूको कार्य विभाजन गरी सोमबार बसेको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको थियो । बैठकको निर्णय अनुसार सांसदहरूको जिम्मेवारी तोकेको […]

मेरो विषयमा पार्टीले गर्ने हरेक निर्णयको पालना गर्छु, अनुसन्धानमा सहयोग गर्छु : सुधन गुरुङ

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडेर सार्वजनिक भएका सेयर लगानीसम्बन्धी विवादका विषयमा स्पष्टीकरण दिएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै उनले आफूमाथि लागेका आरोपहरूको खण्डन गरेका हुन् । मन्त्री गुरुङले आफूमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै अनुसन्धानमा पूर्ण सहयोग गर्ने र पार्टीले गर्ने हरेक निर्णयलाई शिरोधार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् […]

देउवा समूहका ४ नेताले उठाए नयाँ पार्टी गठन गरेर अगाडि बढ्नुपर्ने विषय

काठमाडौँ । नेपाली कांग्रेसभित्र शेरबहादुर देउवा समूहको छलफलमा ४ नेताले नयाँ पार्टी गठन गरेर अगाडि बढ्नुपर्ने विषय उठाएका छन् । काठमाडौँको महाराजगन्जमा चलिरहेको छलफलमा धारणा राख्ने निवर्तमान केन्द्रीय सदस्यहरू कुन्दनराज काफ्ले, शिवप्रसाद हुमागाईं र गुरु बराल र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले छुट्टै पार्टी गठन गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका हुन् । ‘अहिलेसम्म बोलेकामध्ये ४ […]

प्रत्यक्ष सांसद नभएको क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी दिने रास्वपाको निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक तर्फबाट निर्वाचित सांसदहरूलाई जिम्मेवारी तोक्ने निर्णय गरेको छ। आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले समानुपातिक सांसदलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो । जिल्ला र निर्वाचन क्षेत्र सहितको सूची भोलिको केन्द्रीय समितिको बैठकबाट पारित गर्ने योजना रहेको प्रवक्ता मनिष झाले जानकारी […]

मन्त्रालय संख्या घटाउनेबारे प्रदेश मुख्यमन्त्रीहरूसँग छलफल गर्दै कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज प्रदेशका आफ्नो पार्टीका मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछ । दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल सुरु हुनेछ । छलफलमा सात प्रदेशकै पार्टी सभापति, प्रदेश संसदीय दलका नेताहरू पनि सहभागी हुनेछन् । प्रदेशको मन्त्रालय संख्या घटाउने र सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल हुने बताइएको छ । कांग्रेसले मधेस, बागमती, गण्डकी, […]

६ एजेन्डा तय गर्दै रास्वपाले बोलायो सचिवालय बैठक

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी सचिवालयको बैठक आह्वान गरेका छन् । आइतबार दिउँसो साढे ३ बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय बस्ने गरी सो बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । पार्टीको सांगठनिक विस्तार र महाधिवेशनको तयारीलाई लक्षित गर्दै सचिवालय बैठकका लागि ६ वटा मुख्य कार्यसूची (एजेन्डा) तय गरिएका […]

सरकारले नै गरिब नागरिकमाथि लुटपाट मच्चायो, नबोलि सुख पाइएन : दुर्गा प्रसाईँ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गरिब नागरिकमाथि सरकारले नै लुटपाट मच्चाएको आरोप लगाएका छन् । देशको समसामायीक राजनीतिक विषयमा पत्रकार सम्मेलनमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै प्रसाईँले सदन प्रतिपक्षविहीन बनेको आरोप लगाए । हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी प्रतिपक्षी बनेर आवाज उठाउने अपेक्षा गरे पनि उपसभामुख लिएर सरकारमै सहभागी भएकोले सदन प्रतिपक्षविहीन बनेको उनले […]

सरकारसमक्ष ६ बुँदे माग राख्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति उज्यालो नेपालको आपत्ति

काठमाडौँ । उज्यालो नेपाल पार्टीले पेट्रोलियम पदार्थमा हालै गरिएको निरन्तर मूल्यवृद्धिप्रति आपत्ति प्रकट गरेको छ । एक प्रेस विज्ञप्ति जारी गर्दै पार्टीले भनेको छ– प्रधानमन्त्री बालेन शाहले २७ मार्च २०२६ मा पदभार ग्रहण गरेपछि इन्धन बजारमा स्थिरता आउनुपर्ने अपेक्षा थियो । तर वास्तविकता ठिक उल्टो देखिएको छ । हालसम्मको सार्वजनिक मूल्यसूची हेर्दा सरकार गठनपछि इन्धनको […]