मन्त्रालय संख्या घटाउनेबारे प्रदेश मुख्यमन्त्रीहरूसँग छलफल गर्दै कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज प्रदेशका आफ्नो पार्टीका मुख्यमन्त्रीहरूसँग छलफल गर्दैछ ।

दिउँसो १ बजेबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफल सुरु हुनेछ । छलफलमा सात प्रदेशकै पार्टी सभापति, प्रदेश संसदीय दलका नेताहरू पनि सहभागी हुनेछन् ।

प्रदेशको मन्त्रालय संख्या घटाउने र सरकारलाई प्रभावकारी बनाउने बारेमा छलफल हुने बताइएको छ । कांग्रेसले मधेस, बागमती, गण्डकी, सुदूरपश्चिम प्रदेशको नेतृत्व गरिरहेको छ ।