कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकमा गएनन् हर्क सम्पाङ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकमा श्रम संस्कृति पार्टी उपस्थित भएन । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भइरहेको बैठकमा एमालेबाट संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टीबाट प्रमुख सचेतक युवराज दुलाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सांसद सरस्वती लामा उपस्थित छन् । सरकारले संवैधानिक परिषद् र सहकारी सम्बन्धी अध्यादेश […]

अध्यादेशको चौतर्फी विरोध भएपछि सांसदसँग छलफल गर्दै रास्वपा

काठमाडौं । अध्यादेशको विरोध भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरुसँग छलफल गर्न लागेको छ । सरकारले मंगलबार मात्रै दुई अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संसद छलेर अध्यादेश सिफारिस गरेपछि सरकारको चर्को आलोचना भएको छ । यसै विषयमा छलफल गर्न रास्वपाले सांसदहरुसँग अनौपचारिक छलफल गर्न लागेको हो । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजना गरिएको […]

स्पष्ट बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरण तर्फको खतरनाक संकेत – कांग्रेस

काठमाडौँ । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ। कांग्रेस प्रवक्ता देवराज चालिसेले आज वक्तव्य जारी गर्दै सरकार शक्ति केन्द्रीकरणतर्फ लागेको आरोप लगाएका हुन्। ‘सदनमा स्पष्ट बहुमत हुँदाहुँदै बारम्बार अध्यादेशको बाटो रोज्नु शक्ति केन्द्रीकरण तर्फको खतरनाक संकेत हो भन्ने नेपाली कांग्रेसको ठहर छ,’ प्रवक्ता चालिसेले […]

नेकपामा ४५ नेताको कार्यविभाजन टुंगियो, कसले कुन जिम्मेवारी पाए ?

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)ले नेताहरूको कार्यविभाजन टुंग्याउनेगरी आज निर्णय हुने भएको छ । सोमबार केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समिति बैठक कार्यविभाजनलाई लिएर विवाद भएपछि थप गृहकार्य गरेर बैठकमा पेस गर्नेगरी स्थगित भएको थियो । पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खानालले विदेश विभाग, अर्का वरिष्ठ नेता वामदेव गौतमले सङ्गठन विभाग प्रमुख दाबी गरेका […]

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ- कार्यदल संयोजक शाह

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले सरकारले एकलौटी ढंगले संविधान संशोधन गर्न लागेको भन्ने धारणा गलत भएको बताउँदै यस्ता भनाइहरूमा कुनै आशंका नगर्न आग्रह गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार आयोजित संविधानविद् तथा कानुनविद्हरूसँगको परामर्श बैठकमा संयोजक शाहले पछिल्लो समयमा बाहिर आइरहेको यो बिषयमा बोल्दै सबै राजनीतिक […]

सुकुम्बासी बस्ती हटाउने निर्णय विरूद्धको रिटमा सर्वोच्चले बोलायो दुवै पक्षलाई छलफलमा

काठमाडौँ । सर्वोच्च अदालतले बागमती नदी किनार आसपासका सुकुम्बासी बस्ती खाली गर्ने सरकारको निर्णय विरूद्ध परेको रिटमा छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश गरेको छ। सर्वोच्च अदालतको वेबसाइटमा जनाइएअनुसार न्यायाधीश शान्ति सिंह थापाको इजलासले सुकुम्बासीलाई हटाउनुको कारण देखाउन सरकारलाई र अन्तरिम आदेशका लागि छलफलमा आउन दुवै पक्षलाई आदेश गरेको हो। वैशाख २२ गते दुवै पक्षलाई […]

दुई घण्टा ढिला गरी सुरु भयो कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । आज बिहान ११ बजेका लागि डाकिएको बैठक दुई घण्टा ढिला गरी बसेको हो । बैठकमा सभापति गगन थापाले सहमतिका लागि संसदीय दलको नेता प्रस्ताव गर्ने कार्यक्रम छ। कार्यसम्पादन बैठकपछि आजै दलको कार्यालयमा सभापति थापाले दलका नेता छनोटबारे सांसदहरूसँग छलफल गर्ने कार्यक्रम छ । सभापतिले प्रस्ताव […]

श्रम संस्कृति पार्टीले देशैभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई संगठित गर्ने

काठमाडौँ । श्रम संस्कृति पार्टीले देशैभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई संगठित गर्ने भएको छ। सरकारले नदी उकास, सरकारी एवम् सार्वजनिक जग्गामा रहेका सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई हटाउने अभियान चलाएको भन्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासीहरूलाई संगठित गर्ने घोषणा गरेका हुन्। ‘देशैभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई संगठित गर्ने अभियान देशैभरि सञ्चालन गर्न सबै जिल्ला समिति […]

नेकपा केन्द्रीय संयोजन समितिको बैठक आज बस्दै

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक आज (सोमबार) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने यस बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सह-संयोजक माधव कुमार नेपालले तयार पारेको विशेष निर्णय प्रस्ताव पेस हुने कार्यक्रम रहेको छ । नेता प्रकाश ज्वालाका अनुसार आजको बैठकले नेताहरूको कार्य विभाजन, […]

संसदीय दलको नेता छान्न र कारबाहीबारे निर्णय लिन कांग्रेसले आज तीन बैठक गर्दै

काठमाडौँ । संसदीय दलको नेता छान्न र कारबाहीबारे निर्णय लिन नेपालाई कांग्रेसले आज तीन वटा बैठक गर्ने भएको छ ।  दलको नेता चयनमा देखिएको रस्साकस्सी र उजुरी परेका नेताहरूमाथिको स्पष्टीकरणबारे निर्णय लिन कांग्रेसले आजै तीन वटा छुट्टाछुट्टै बैठकहरू बोलाएको हो । संसदीय दलको नेता चयनको विषय पेचिलो बनिरहेका बेला बिहान ११ बजे केन्द्रीय कार्यसम्पादन समितिको […]