काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेले फेरि अर्को अध्यादेश जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण(मनी लाउण्डरिङ्ग) निवारण तेस्राे संशाेधन अध्यादेश,२०८३ जारी गरेका हुन्। राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आज सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। यसअघि राष्ट्रपतिले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ र सहकारीसम्बन्धी अध्यादेश […]
राजनीति
राष्ट्रपतिले जारी गरे सार्वजनिक खरिदसम्बन्धि अध्यादेश
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अर्को अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिले बिहीबार राति सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३ जारी गरेका हुन्। आजै राष्ट्रपतिले सहकारीसम्बन्धी अध्यादेश पनि जारी गरेका थिए । तर सरकारले यसअघि पठाएका ४ अध्यादेश भने अझै स्वीकृत हुन बाँकी छ । सरकारले वैशाख १४ गते संवैधानिक परिषद्को काम कर्तव्य र अधिकार सम्बन्धी […]
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । पौडेलले बिहीबार सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम उक्त अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सरकारले यो सहित ६ वटा अध्यादेश पठाएपछि अहिलेलाई एउटा मात्रै जारी गरेका […]
९ बुँदे मागसहित विपक्षी दलहरूको बैठकले गरायो सरकारको संयुक्त ध्यानाकर्षण
काठमाडौँ । प्रतिपक्षी दलहरूले सरकारसमक्ष विभिन्न ९ बुँदे माग राख्दै संयुक्त ध्यानाकर्षण गराएका छन्। आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले, र नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतकको संयुक्त बैठकले मुलुकको पछिल्लो राजनीतिक र सामाजिक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएको हो । बैठकमा एमाले राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगाल, नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक वासना […]
अध्यादेशबारे राय लिन राष्ट्रपतिले संविधानविदहरुलाई शीतल निवास बोलाए, ४ बजे बैठक
काठमाडौं । सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका छन् । उनले आज दिउँसो ४ बजे संविधानविद्हरूलाई शीतल निवास बोलाएका छन् । सरकारले सार्वजनिक निकायमा हुने नियुक्तिलाई पारदर्शी र प्रतिस्पर्धी बनाउने, दलीय राजनीतीकरण अन्त्य गर्ने, सार्वजनिक निर्माणलाई तीव्रता दिने, सहकारीका साना बचतकर्ताको […]
सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक बस्दै
काठमाडौं । विपक्षी दलहरुको बैठक आज बस्दैछ । आज बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो । विपक्षी दलहरुको बैठक बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको थियो । उक्त बैठकमा श्रम संस्कृतिबाहेक चार दल सहभागी भएका थिए । आज फेरि एमालेको कार्यालयमा बस्न लागेको नेकपाका प्रमुख सचेतक […]
आधिकारिक उम्मेदवार विरूद्ध असहयोग गरेको आरोपमा कांग्रेसका सात नेतासँग स्पष्टीकरण माग
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ मा पार्टीका आधिकारिक उम्मेदवार विरूद्ध असहयोग गरेको आरोपमा सात जना नेतासँग स्पष्टीकरण माग्ने निर्णय गरेको छ। कांग्रेस केन्द्रीय अनुशासन समितिको बुधबार बसेको बैठकले पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको ठहर गर्दै सात जनालाई पाँच दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न पत्राचार गर्ने निर्णय गरेको हो। पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति […]
झन्झटिला कामलाई छरितो बनाउन अध्यादेश ल्याइएको हो – रास्वपा
काठमाडौं । रास्वपाले आम नागरिकले तत्काल गर्नुपर्ने काममा उठाएका प्रश्नको समाधान गर्नेगरी सरकारले अध्यादेश ल्याएको स्पष्ट पारेको छ । सिंहदरबारमा पार्टी सभापति रवि लामिछानेसहितका सांसदहरूको अनौपचारिक छलफलले यस्तो निष्कर्ष निकालेको महामन्त्री समेत रहेका मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । उनका अनुसार, सरकारले ल्याएका अध्यादेशहरू कुनै व्यक्ति वा पार्टीलाई लाभ पुग्ने खालका छैनन् । ‘आम […]
सरकारले राष्ट्रपति कार्यालय पठायो थप तीन अध्यादेश
काठमाडौं । सरकारले थप तीन वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार, बुधबार थप तीन वटा अध्यादेश जारी गर्न सरकारले सिफारिस गरेको हो । विश्वविद्यालय, स्वास्थ्य र केही नेपाल ऐन संशोधन गर्न बनेका अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस भएको हो । यसअघि सोमबार सरकारले दुई वटा अध्यादेश जारी […]
कागजातमा ‘माननीय’ सम्बोधन नगर्न सांसदहरुलाई रास्वपाको निर्देशन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसदहरूलाई सांसदहरूको लेटर हेड र कार्ड लगायतको कागजातमा एकरूपता अपनाउन निर्देशन दिएको छ । साथै उनीहरूलाई आफ्नो कुनै कागजातमा ‘माननीय’ सम्बोधन नगर्न पनि निर्देशन दिएको छ । बुधबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा अनौपचारिक रूपमा बसेको बैठकमा यस्तो निर्देशन दिइएको प्रवक्ता मनिष झाले जनाएका छन् । रास्वपाले सांसदहरूले धेरै कुराहरू […]










