काठमाडौं । लामो विवाद र बहसपछि द्वन्द्वकालीन दुई आयोगले अन्ततः नेतृत्व पाउने भएका छन्। सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस भएका छन् । पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षमा गठित सिफारिस समितिले शनिबार कानूननमन्त्री भानुभक्त ढकाललाई आयोगका पदाधिकारीहरुको नाम सिफारिस गरेको हो । […]
राजनीति
सरकारले दियो विप्लव नेकपालाई आतङ्ककारी संज्ञा
काठमाडौं, ३ माघ । विप्लब नेतृत्वकाे नेकपाले आतङ्ककारी शैलीमा क्रियाकलाप सञ्चालन गरेको ठहर गर्दै सरकारले ध्वंसात्मक गतिविधिप्रति राज्य सहनशील हुन नसक्ने प्रष्ट पारेको छ । नेकपाले बुधबार ढुङ्गेधारास्थित एक व्यक्तिको घरमा बम विस्फोट र बालुवाटारस्थित ललितानिवासको जग्गा कब्जाको घोषणा गरेको विषयलाई सरकारले आतङ्ककारी गतिविधिको संज्ञा दिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार […]
दरबारमा बस्नेले टहरामा बस्नेको दुःख कदापि बुझ्न सक्दैन: प्रजापति
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दरबारमा बस्नेले सडक र टहरामा बस्नेको दुःख बुझ्न नसक्ने बताएका छन् । विहीवार भक्तपुरको दरवार क्षेत्रमा आयोजित २२ औं रास्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोहलाई सम्वोधन गर्दै प्रमुख प्रजापतिले भूकम्प पीडितहरूको ब्यथा सरकारले बुझ्न नसकेको आरोप लगाएका हुन् । सरकारका गृहमन्त्री राम बहादुर थापाको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मेयर प्रजापतिले […]
को मान्छेले ज्यान लिने धम्की दियो ? कति नम्बरबाट फोन आयो भन्नुपर्छ: प्रवक्ता बाँस्कोटा
काठमाडौं, ३ माघ । पछिल्ला दिनहरुमा नेकपा नेता भीम बहादुर रावललाई बालुवाटारबाट ज्यान लिने धम्की आएको कुरा चर्चामा रहेको छ । यो बीचमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यो कुरा सत्य नभएको बताएका छन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य रावलविरुद्ध आएको भनिएको […]
लगातारको वर्षाले रूरू महोत्सव प्रभावित, लाखौँको क्षति
पाल्पा, ३ माघ । बिहीबारदेखि परेको वर्षाले पाल्पा, गुल्मी र स्याङ्जाको संगम रूरू क्षेत्रमा चलेको महोत्सव प्रभावित बनेको छ । वर्षासँगै रिडी खोला बढेपछि पाल्पा र गुल्मीतर्फ राखेको २० भन्दा बढी स्टलमा क्षति पुगेको छ । केही पसल राख्न नमिल्ने गरी नै बगाएको छ । रिडी खोलाले कतिपय स्टलका सामान पनि बगाएको छ । केही […]
सभापति देउवा बालुवाटारमा
काठमाडौँ, ३ माघ । सत्य निरूपण तथा मेलमिलाप आयोगको टुंगो लगाउन प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताहबीच छलफल भएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको हो । ‘प्रमुख प्रतिपक्षी कांग्रेस सभापति शेरबहादुर देउवासँग दुवै अध्यक्षहरूले सत्य निरुपण […]
संगीत र साहित्यमाथि सरकारी धावा, दुर्घटनाको कारण के साहित्य हो ?
दिलभित्र केटी र झुलभित्र लामखुट्टे पसेपछि सुत्नै गाह्रो,” ‘बेटी बचाओ बेटी पढाओ”, ‘हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ’,’ आमाको बचन काट्नु हुदैंन, बुबालाइ कहिले ढाँट्नु हुँदैन, जन्मदिने आमा बुबा पन्छाएर, श्रीमतीको गाला चाट्नु हुँदैंन” ‘आफु पनि बचौ अरुलाई पनि बचाउ’ जस्ता खालका साहित्यिक रचना अहिले नेपालमा गुड़ने सवारी साधन ट्रक, बस, ट्रली, ट्रिप्परमा […]
दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रशासनको अनुमति
काठमाण्डौं, २ माघ । झापाको बी एण्ड सी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय भक्तपुरले पक्राउ पूर्जी जारी गरेको छ । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीको उजुरीका आधारमा प्रसाईंविरुद्ध पक्राउ पूर्जी जारी गरिएको हो । गिरीले प्रसाईंविरुद्ध अभद्र व्यवहार गरेक भन्दै उजुरी दर्ता गरेका थिए । उक्त कसुरमा प्रहरीले अनुसन्धान […]
कांग्रेस संसदीय दलको बैठक माघ ३ गते
काठमाडौं, २ माघ । कांग्रेस संघीय संसदीय दलको बैठक यही माघ ३ गते शुक्रबार बस्ने भएको छ । सिंहदरबारमा दिनको १ः३० बजे बस्ने तय भएको दलले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । सभामुख चयनलाई लिएर नेकपाले सदनलाई बन्धक बनाएकोमा कांग्रेसले विरोध जनाउँदै आएको छ ।
नेपाल पाँच वर्षभित्र कृषिमा आत्मनिर्भर हुन्छ: कृषिमन्त्री
लुम्बिनी, २ माघ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा चलिआएको परम्परागत प्रणालीलाई तोडेर आधुनिक र वैज्ञानिक प्रणालीमार्फत कृषि उद्यम सञ्चालन गर्नुपर्ने बताएका छन । रुपन्देहीको अमुवामा बुधबारदेखि शुरु भएको रुपन्देही मत्स्य कृषि तथा माघी महोत्सव २०७६ को उद्घाटन गर्दै मन्त्री भुसालले कृषिका हरेक क्षेत्रको संरक्षण जरुरी भएकाले त्यसतर्फ सरकारले योजनाबद्ध कदम चाल्न […]











