को मान्छेले ज्यान लिने धम्की दियो ? कति नम्बरबाट फोन आयो भन्नुपर्छ: प्रवक्ता बाँस्कोटा

काठमाडौं, ३ माघ । पछिल्ला दिनहरुमा नेकपा नेता भीम बहादुर रावललाई बालुवाटारबाट ज्यान लिने धम्की आएको कुरा चर्चामा रहेको छ । यो बीचमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यो कुरा सत्य नभएको बताएका छन ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य रावलविरुद्ध आएको भनिएको धम्कीमा कुनै सत्यता नभएको र उनिमाथि कुनै सुरक्षा खतरा नभएको टिप्पणी गरेका हुन ।

उनले भने, “विचार व्यक्त गरेको, कुनै विषयमा सहमति वा असहमति जनाएकै आधारमा कसैमाथि ज्यान मार्ने धम्की दिन मिल्दैन”, उनले भने “यदि साँच्चै उनिमाथि धम्की आएकै हो भने प्रष्ट बताइदिनुपर्छ, को मान्छेले धम्की दियो, कति नम्बरबाट फोन आयो भनेर भन्नुपर्छ ।” “रावल नेकपाकै नेता हुन, उनको सुरक्षा व्यवस्था सरकारले नै मिलाइरहेको छ ।

पछुवा पनि छ, साथमा पनि सुरक्षाकर्मी छन्”, उनले भन “उनको ज्यानमाथि सुरक्षा खतरा छ भन्ने मलाई लाग्दैन, बालुवाटार धम्की आयो भनेर सोच्नु राम्रो पनि नहुने र सत्य पनि होइन ।”

Loading...