सर्वोच्चले गर्यो गभर्नर महाप्रसादकै पक्षमा अर्को निर्णय

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटको सुनुवाइ गर्दै यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने निर्णय गरेको छ। न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले यसअघि सर्वोच्चले गरेको अल्पकालीन अन्तरिम आदेशलाई शुक्रबार पनि निरन्तरता दिएको हो।  यसअघि न्यायाधीश हरि फुयालको इजलासले गभर्नरमाथि जाँचबुझ गर्न गठन हुने समितिको […]

ललितपुर कांग्रेसका नेता ठगि धन्दामा, सरकारको पावर देखाउँदै स्थानीयसँग लाखौ असुल्दै

ललितपुर । नेपाली कांग्रेस ललितपुरका एक नेता ठगी धन्दामा लागेका छन् । विभिन्न प्रलोभन देखाउँदै स्थानीयबाट ठूलो रकम उठाएर उनी पार्टीको आवरणमा धम्क्याउँदै हिड्ने गरेका छन् । यसरी मानिसहरुलाई ठग्दै हिड्ने ललितपुर कांग्रेसका स्थानीय नेता सत्यमान घिसिङ हुन् । उनी नेपाली कांग्रेसको कोन्ज्योसोम गाउँपालिकाका उपसभापति हुन् । उनले कांग्रेसको राजनीतिक आवरणमा ललितपुरका विभिन्न ठाउँबाट धेरै […]

अन्ततः फुट्यो विप्लव नेकपा, विप्लवले २ नेतालाई पार्टीबाट गरे निश्कासन

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी अन्ततः विभाजित भएको छ । लामो समयदेखि पार्टीभित्र भुसको आगोजसरी सल्किरहेको विवाद साम्य हुन नसकेपछि विभाजनमा पुगेको हो । नेपालमा सशस्त्र बल प्रयोगद्वारा राज्यसत्ता हातमा लिई जनवादी सत्ता सन्चालन गर्ने घोषणासहित एकीकृत जनक्रान्ति थालेका विप्लव त्यसको छेउसम्म पनि नपुगी संसदीय निर्वाचनतर्फ नै ढल्किएपछि पार्टीका दुई प्रमुख […]

मनोनयनविरुद्ध परेको उजुरीमा आजदेखि जाँचबुझ छानबिन थाल्ने

काठमाण्डौं । स्थानीय तह सदस्य निर्वाचनका लागि दर्ता भएको मनोनयनविरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले आजदेखि जाँचबुझ छानबिन थाल्ने भएको छ । आइतबार र सोमबार मनोनयन दर्ता भएकोमा मंगलबार उम्मेदवारविरुद्ध उजुरी आह्वान भएको थियो । प्राप्त ऊजुरीमाथि आज र भोलि जाँचबुझ हुने निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले जानकारी दिका छन् । आज र भोलि छानबिन […]

स्थानीय तहमा ९९ हजार ६४६ जनाले दिए उम्मेदवारी

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि राति साढे १० बजेसम्म ९९ हजार ६४६ जनाले उम्मेदवारी दर्ता गरेको निर्वाचन आयोगले जानकारी दिएको छ । हालसम्म प्रमुख पदमा २ हजार ६४६ जना तथा उपप्रमुख पदमा १ हजार ६४६ जनाले उम्मेदवारी दिएका हुन् । अध्यक्ष पदमा २ हजार ८६३ जनाको उम्मेदवारी पर्दा उपाध्यक्षमा १ हजार ९५६ जनाको उम्मेदवारी […]

काठमाडौंको मेयरमा ५६ जनाको उम्मेदवारी

काठमाडौं । काठमाडौं महानगरपालिकामा अहिलेसम्म ५६ जनाले मेयर पदमा उमेद्वारी दिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले राति सवा १० बजे अद्यावधिक गरेको तथ्यांक अनुसार ५६ जनाले मेयरमा उम्मेदवारी दायर गरेका हुन् ।

डोल्पाको दुई गाउँपालिकाका अध्यक्ष निर्विरोध

सुर्खेत । डोल्पाका दुई गाउँपालिकाको अध्यक्ष पदमा एक जनाको मात्र मनोनयन दर्ता भएको छ । काइके गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले मात्र मनोनयन दर्ता गराएका छन् । डोल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीका अनुसार काइके गाउँपालिकाका अरु जनप्रतिनिधिम पनि एकीकृत समाजवादीको मात्र मनोनयन दर्ता भएको छ । डोल्पाकै छार्काताङ्सोङ गाउँपालिकाको अध्यक्षमा पनि […]

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

काठमाडौं । पर्यटन व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ। सोमबार एक विज्ञप्ति जारी गरी सरकारले विमानस्थल सेवा शुल्क नियमावली–२०७८ मार्फत विमानस्थल शुल्क अस्वाभाविक दरमा वृद्धि गरी प्रतियात्रु तीन हजार रूपैयाँ पुर्‍याएको भन्दै नाट्टाले आपत्ति जनाएको हो। ‘कोभिड–१९ पछि बिस्तारै चलायमान हुने […]

कांग्रेसलाई उम्मेदवार टुङ्गो लगाउन सकस, तालमेलको निर्णय भएको ठाउँमा विवाद कायमै

बैशाख ११, काठमाण्डौ –नेपाली कांग्रेसलाई महानगरपालिकाको उम्मेदवार टुङ्गो लगाउन सकस भएको छ । एकातिर गठबन्धनको निर्णयअनुसार आफ्नो भागमा परेको मेयर र उपमेयर टुङ्गो लगाउन समस्या छ भने अर्कोतिर अरु दलको भागमा परेको ठाउँमा स्थानीय कार्यकर्ताको विरोध कायमै छ । काठमाण्डौको मेयरका उम्मेदवार सिर्जना सिंहको नाममा सहमति भए पनि ललितपुर र विराटनगरको मेयरमा निर्णय हुन बाँकी […]

सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं ।  सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजेका लागि डाकिएको छ ।सत्ता गठबन्धनमा आबद्ध दलहरुमा भने मनोनयनको दिनसम्म पनि किचलो समाधान हुन सकेको छैन । पाँच दलका शीर्ष नेताहरूले गरेको सहमति तल्ला तहमा कार्यान्वयन हुन नसक्दा गठबन्धनबाट उम्मेदवारी मनोनयनमा समस्या देखिएको हो । त्यही समस्या […]