हेटौंडाको मेयरमा सत्ता गठबन्धनबाट मिनाकुमारी लामा

हेटौंडा । सत्ता गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिकाको मेयरको उम्मेदवार मिनाकुमारी लामा हुने भएकी छन् । मेयर पद पाएको नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगरपालिकाको मेयरमा लामालाई उठाउने निर्णय गरेको हो । एकीकृत समाजवादीको पदाधिकारी बैठकले यो निर्णय गरेको हो । भागबन्डाका आधारमा हेटौँडाबाट वर्तमान उपमेयर लामाले अवसर पाएकी हुन् । हेटौंडाको मेयरका लागि नेकपा एसको तर्फबाट […]

अमेरिकी संसदीय टोली काठमाडौंमा

काठमाडौं । चार जना अमेरिकी सिनेटर र एक जना सांसदको टोली काठमाडौं आइपुगेको छ। शुक्रबार साँझ सिनेटर किर्स्टन जिलिब्रान्ड (न्युयोर्क) को नेतृत्वमा रहेको टोलीमा काठमाडौं आइपुगेको हो। टोलीमा सिनेटरहरू सेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यु जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधि सभा सदस्य मोन्डेयर जोन्स (१७औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) छन्। औपचारिक भ्रमणमा आएको अमेरिकी […]

देउवा सरकारले फेर्यो काठमाडौं उपत्यकास्थित प्रहरी कार्यालयहरूको नाम

काठमाडौं । काठमाडौं उपत्यकामा रहेका प्रहरी कार्यालयहरूको नाम परिवर्तन गरिएको छ । काठमाडौं उपत्यकाको शान्ति सुरक्षाको कमाण्ड गर्ने तत्कालीन महानगरीय प्रहरी कार्यालयलाई अध्यादेशमार्फत केन्द्रित प्रहरीको मातहतमा ल्याएसँगै उपत्यकाका तीनै जिल्लाका प्रहरी युनिटहरूको नाम परिवर्तन गरिएको हो । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐन–२०७६ लाई अध्यादेशमार्फत संशोधन […]

काठमाडौं महानगरमा सिर्जना सिंहलाई उठाउने नेपाली कांग्रेसमा सहमति

काठमाडौँ ।  नेपाली काँग्रेसले काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवारमा सिर्जना सिंहलाई अगाडि सारेको  छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने सहमति भएको हो ।  कांग्रेसको महानगर कार्यसमितिले बिहीबार नेता प्रकाशमान सिंहकी पत्नी सिर्जनासहित पाँच जना आकांक्षीको नाम सिफारिस गरेकोमा आज  जारी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकमा सिंहलाई मेयरको उम्मेदवार बनाउने […]

दार्चुलामा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप

दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका-६ ग्वानीमा नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । शान्तिपूर्ण र्‍याली गरिरहेको समयमा कांग्रेसका कार्यकर्ताले आफूमाथि ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ता राजेश विष्टले आरोप लगाए । झडपमा एमालेका केही कार्यकर्ता घाइते भएको र गाडीका सिसा फुटाइएको पनि विष्टले बताए । घाइतेको टाउकोमा चोट लागेको छ […]

काठमाडौँको मेयरका लागि कांग्रेसबाट ५ जनाको नाम सिफारिस

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवारका लागि नेपाली कांग्रेसबाट ५ जनाको नाम सिफारिस भएको छ । काठमाडौँ महानगरपालिका समितिको बैठकले महानगरपालिकाको मेयर पदका लागि ५ जना र उपमेयरका लागि २ जनाको नाम सिफारिस गरेको हो । मेयरका लागि श्रृजना सिंह, हरिप्रभा खड्गी, सुशन वैद्य, नीलकाजी शाक्य र प्रगतीमान रञ्जितको नाम कांग्रेसको महानगर समितिले सिफारिस गरेको […]

तीन महानगर प्रमुखमा एमालेले बनायो सर्वसम्मत उम्मेदवार, बाँकीमा विवाद कायमै

काठमाडौँ । देशका ६ वटा महानगरपालिकामध्ये नेकपा एमालेबाट ३ वटामा प्रमुखमा सर्वसम्मत उम्मेदवार तय भएका छन्। चितवनको भरतपुर, ललितपुर र पर्साको वीरगन्ज महानगरपालिकामा तल्लो कमिटीबाट सर्वसम्मत आएका नामलाई एमालेको सचिवालय बैठकले सदर गरेको हो। ललितपुर महानगरपालिकामा हरिकृष्ण ब्यन्जनकार, वीरगन्जमा विजय सरावगी र भरतपुर महानगरपालिकामा विजय सुवेदी एमालेबाट मेयरमा उठ्ने भएका छन्। एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले […]

‘गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्नुपर्छ र हामी मान्छौँ ’ : चिरिबाबु महर्जन

काठमाडौँ –  लितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धन गर्दै गर्दा केन्द्रको निर्णय मान्ने बताउनु भयो। मंगलवार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मेयर महर्जनले गठबन्धनले महानगरपालिकामा गर्ने भागबन्डा आफूहरुले मान्ने बताउनु भएको हो ।  उहाले ललितपुर महानगरपालिका भने नेपाली कांग्रेसले पहिले पनि निर्वाचन जितेको हुनाले यस पटकको निर्वाचनमा अरुलाई नछोड्ने बउनु भयो । त्यसैगरी मेयर […]

भोट माग्न मतदातासँग औंठाछापसहित तमसुकपत्र नै दिइने

काठमाडौँ, ६ बैशाख । अधिवक्ता स्वागत नेपाल अध्यक्ष रहेको उन्नत लोकतन्त्र पार्टीले नेपालकै इतिहासमा पहिलोपटक भोट माग्नलाई मतदातासँग घोषणापत्रको ठाउँमा तमसुकपत्र दिने निर्णय गरेको छ। अहिलेसम्म जनताको भोटबाट जितेर जनप्रतिनिधि बनेकाहरुले सत्तामा पुगेपछि जनभावना अनुरुप काम नगरेको हुनाले उन्नत लोकतन्त्र पार्टीले मतदाताको हितमा काम नगरेको खण्डमा अदालतमा मुद्दा नै दायर गरेर हटाउन सकिने करारसहितको तमसुकपत्र […]

गभर्नर अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, ६ बैशाख । सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । अधिकारीले  सरकारको गरेको निर्णय बिरुद्द  दिएको रिटको सुनुवाइ गर्दै आज सर्वोच्चले  अल्पकालीन अन्तरिम  आदेश दिएको हो।   न्यायाधीश हरि फुयालको एकल इजलासले जारी गरेकाे आदेशमा गर्भनर अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन […]