काठमाडौँ । सत्ता गठबन्धनको बैठक बिहान ११ बजे बस्दैछ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार निर्णायक बैठक मंगलबार बिहानेका लागि बोलाइएको हो । सोमबार दिनभरजसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक सहमति नजिक पुगेको मन्त्री कार्कीको भनाइ छ । महानगर, उपमहानगरपालिका र स्थानीय तहमा तालमेलको निर्णय गर्न सत्ता गठबन्धनका शीर्ष […]
राजनीति
नौ देशका सैनिकसहित शिवपुरीमा सेनाको ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु
काठमाडौं । नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा विदेशी शिक्षार्थी अधिकृत नौसहित ९२ जना अधिकृत सम्मिलित ‘कमाण्ड तथा स्टाफ तालिम’ सुरु भएको छ। नेपाली सेनाका तीन महिला अधिकृतसहित ८०, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक जना तथा श्रीलङ्का, केन्या, नाइजेरिया, पाकिस्तान, बङ्गलादेश, बेलायत, भारत, माल्दिभ्स र संयुक्त राज्य […]
निलम्बित गभर्नर अधिकारीले दिए सर्वोच्चमा रिट, समितिले थाल्यो छानविन
काठमाडौं । निलम्बित नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेकै दिन जाँचबुझ समितिले काम थालेको छ । निलम्बित गभर्नर अधिकारीले सरकारले अवैध रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेको भन्दै आइतबार सर्वोच्चमा रिट दर्ता गरेका थिए । समितिले आइतबारबाट आफ्नो काम अघ बढाएको अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ […]
कर्णालीमा उम्मेदवार टुङ्गो लगाउन सकस
काठमाडौं । स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा कर्णालीमा दलहरु तयारी जुटेका छन्। सत्ता साझेदार दलहरु संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ। कांग्रेसको नेतृत्वमा सत्ता साझेदार दलहरुले स्थानीय तहसम्मै दलीय संयन्त्र बनाएर चुनावी तालमेल गर्ने निर्णय गरेका छन्। कांग्रेसका कर्णाली प्रदेश […]
निर्वाचनका लागि खटाइयो ७७ मुख्य र ६७६ निर्वाचन अधिकृत
काठमाडौं । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत खटाएको छ। साथै सात सय ५३ स्थानीय तहमध्ये छ सय ७६ तहमा निर्वाचन अधिकृतहरूलाई खटाइएको आयोगले जनाएको छ। सदरमुकाम रहेका स्थानीय तहको निर्वाचन हेर्ने जिम्मेवारी भने मुख्य निर्वाचन अधिकृतलाई नै दिइएको छ। आयोगले मुख्य र निर्वाचन अधिकृतलाई आवश्यक पर्ने प्रशिक्षण दिइसकेको छ। […]
समुद्रमा डुब्यो रुसी युद्धपोत
बुधबार विष्फोटको कारण ध्वस्त भएको रुसी युद्धपोत काला सागरमा डुबेको छ। रुसी रक्षा मन्त्रालयले मोस्क्भा नामक उक्त युद्धपोत डुबेको पुष्टि गरेको हो। यो युद्धपोतलाई रुसको सैन्य शक्तिको प्रतीकको रुपमा लिइन्थ्यो। युक्रेनले आफ्नो मिसाइलले उक्त युद्धपोत ध्वस्त भएको दाबी गरेको छ। रुसले भने युद्धपोतमा कुनै किसिमको आक्रमण भएको उल्लेख गरेको छैन। उसले यो युद्धपोतमा आगलागी भएको […]
माओवादीको प्रचार सामग्रीमा फोटो राखिएपछि आयोगले सोध्यो कूलमानलाई स्पष्टिकरण
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै बिहीबारको बसेको आयोगको बैठकले कार्यकारी निर्देशक घिसिङसँग स्पष्टीकरण सोधेको हो । पार्टीको चुनावी प्रचार सामग्रीमा फोटो राख्ने सहमति दिएको हो कि होइन भनेर आयोगले घिसिङसँग प्रश्न गरेको छ । उनलाई पत्र पठाएर सात दिनभित्र […]
कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज बस्दै
चैत ३०, काठमाडौं । सत्तारुढ काँग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठक आज बस्दै छ । पार्टी कार्यालय सानेपामा अपरान्ह २ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनको घोषणापत्र र चुनावी तालमेल गर्दा अपनाउने रणनीतिका विषयमा पनि छलफल हुने बुझिएको छ । चुनावमा टिकट वितरण गर्ने संसदीय बोर्ड समेत गठन नभएकाले त्यसमाथि पनि छलफल हुने जनाइएको छ […]
गठबन्धनले तय गर्याे चुनावी तालमेलको सात आधार
३० चैत्र, काठमाडौं । सत्तारुढ गठबन्धनले वैशाख पहिलो साता मात्र सिट बाँडफाँट टुंगो लगाउने गरी चुनावी तालमेलका आधारहरु तय गरेको छ । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले तालमेलका ७ आधार तय गर्दै तालमेलबारे निर्णय गर्ने संयन्त्रहरु बनाएको छ । तालमेलको आधारमा एकीकृत समाजवादीलाई एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीलाई प्रमुख शक्तिका रुपमा […]
लगानी सम्मेलनले नेपालमा लगानीका नयाँ अवसर सिर्जना गरेको छः फाउन्डेसन
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा दुई दिने ‘नेपाल लगानी सम्मेलन २०२२’ सम्पन्न भएको छ। जानकी ग्लोबल फाउन्डेसन र नेपाल फिलिपिन्स चेम्बर अफ कर्मशको आयोजनामा दुई दिनसम्म चलेको सम्मेलन भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा आइतबार सुरु भएको थियो । सम्मेलन सम्पन्न भएपछि राजधानीको नयाँ बानेश्वरमा पत्रकार सम्मेलन आयोजना गरी जानकी फाउन्डेसनले सम्मेलन पूर्ण रुपमा सफल र उपलब्धीपूर्ण भएको […]











