उपराष्ट्रपतिसँग पाकिस्तानी राजदूतको विदाइ भेट

काठमाडौं, ३ कात्तिक, । नेपालका लागि पाकिस्तानी राजदूत सैयद हैदर शाहले उपराष्ट्रपति नन्दकिशोर पुनसँग विदाइ भेट गरेका छन् ।

उपराष्ट्रपति निवासमा पुगेर उनले बुधबार बिदाइ भेट गरेका हुन् ।

भेटका क्रममा उपराष्ट्रपति पुनले राजदूत शाहलाई सफल कार्यकाल पूरा गरेको प्रति बधाई दिँदै सुखद् भविष्यका लागि शुभकामना दिए । शाहले उपराष्ट्रपति पुनलाई पाकिस्तानको राष्ट्रिय र स्वतन्त्रता दिवसमा प्रमुख अतिथिका रुपमा उपस्थित हुन निम्तासमेत दिए ।

भेटका क्रममा दुई राष्ट्रबीचको हित र आपसी सम्बन्धबारे छलफल भएको बताइएको छ । त्यसक्रममा उपराष्ट्रपति पुनले कोभिड–१९ महामारीका बेला स्वास्थ्य उपकरणमा सहयोगका लागि धन्यवादसमेत दिएको भनिएको छ ।

पाकिस्तानमा बाढी जाँदा नेपालले पठाएको सहयोग सामग्रीप्रति पनि राजदूत शाहले पनि धन्यवाद व्यक्ति गरेको नेपालस्थित पाकिस्तानी दूतावासले विज्ञप्ति जारी गर्दै भनेको छ ।

भेटमा उपराष्ट्रपति पुनले राजदूत शाहलाई चिनो स्वरुप नेपाली टोली र खादा लगाइदिएका थिए ।

Loading...