निरमायाको टिजर सार्वजनिक

काठमाडौं । रमेश कोइराला निर्देशित फिल्म ‘निरमाया’ को टिजर सार्वजनिक भएको छ।

शुक्रबार सार्वजनिक गरिएको टिजरमा जातीय छुवाछुतविरुद्ध आवाज उठाइएको छ। ‘परिवर्तन आफैँबाट सुरु गरौँ समाज स्वतः बदलिनेछ’ भन्ने नाराका साथ फिल्म निर्माण गरिएको हो।

महेश तिमल्सिना कार्यकारी निर्माता रहेको फिल्मको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन्।

फिल्ममा रमेश बुढाथोकी, लय संग्रौला, जेएन घिमिरे, जेबी डिसी, अजित लामिछाने, प्रतिशा रिजाल, समृद्धि पौडेल, रमेश अधिकारी, गोपाल ढकाल, श्याम केसी, विष्णु रोका, अप्सरा अधिकारी, रामबाबु रेग्मी, दिपक अधिकारीलगायत कलाकारको अभिनय छ। यो फिल्मको कथा रामकुमार केसीले तयार पारेका हुन्।

रवि कोइराला र जीवन पराजुलीले छायांकन गरेको फिल्मलाई उत्तर राना मगर र तारा थापा ‘किम्भे’ले सम्पादन गरेका छन्।
मदानी मुभिजको प्रस्तुतिमा पदम विश्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको फिल्म सिन्धुली, काभ्रे र रामेछापमा छायांकन गरिएको हो।

Loading...