वर्ल्ड लिंकको फेस्टी अफर

नेपालकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनि, वर्ल्डलिंकले नेपालीहरुको महान् चाड दशैंमा विगतको जस्तै थप खुशी थप्ने क्रममा “वर्ल्डलिंक fesTVty” अफर ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकहरुले आफ्नो सब्सक्रिप्सनमा ३ फरक फरक आकर्सक डिलहरु प्राप्त गर्न सक्नेछन् ।

पहिलो प्याकेज “Fast Offer” अन्तर्गत रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले डुवल ब्यान्ड राउटर र २०० Mbps इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन् ।

“2 Routers” प्याकेज अन्तर्गत मात्र रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) मा ग्राहकहरुले Nokia Beacon 1.1 Mesh Router, डुवल ब्यान्ड राउटर र उच्च गतिको इन्टरेटका साथै अटुट कनेक्सन सहितको २०० Mbps इन्टरनेट प्राप्त गर्न सक्नेछन् ।

सबै भन्दा राम्रो मनोरञ्जनको प्याकेज एकै ठाउँमा प्राप्त गर्न सकिने “Smart Offer” अन्तर्गत मात्र रु १,०५० प्रति महिना (वार्षिक सदस्यता) Nokia Beacon 1.1 Mesh Router, २०० Mbps को इन्टरनेट सेवा साथमा सम्पूर्ण प्रकारका आवश्यकताहरुलाई मध्यनजर गर्दै, सेट टप बक्सको साथमा मासिक NETTV मात्र रु १५० मा प्राप्त गर्ने छन्।

यो अफर १ वर्ष, ६ महिना वा ३ महिनाको प्याकेजहरुमा उपलब्ध छ । साथै उपलब्ध हुने सबै स्पिडहरुमा, सम्पूर्ण ग्राहकहरुका लागि (नयाँ तथा हालका) लागु हुनेछ।

सम्पूर्ण नेपालीहरु माझ महान् चाडपर्वको पावन अवसरमा सबैमाझ छिटो र भरपर्दो इन्टरनेटका साथै खुशियालि र मनोरञ्जन पुर्याउने वर्ल्डलिंकको चाहना छ। वर्ल्डलिंकले देश र जनताहरुलाई इन्टरनट संग जोड्न देशभर धेरै मद्दत पुर्याएको छ। यसै क्रममा वर्ल्डलिंकले आफ्ना ग्राहकहरुलाई इन्टरनेट संगै Value Added Services पनि प्रदान गर्दै आएको छ । जस अन्तर्गत “Wi-Fi Express” द्वारा देश भर १४,००० भन्दा धरै Wi-Fi Hotspots मा Free Wi-Fi प्रदान गरिरहेको छ। साथै “2runtai” द्वारा सेवा अवरुद्ध भएको २ घण्टा भित्र सेवा पुनर्स्थापना नभएमा २ दिन इन्टरनेट सेवा निःशुल्क प्रदान गर्दछ।

Loading...