माओवादी केन्द्रले लगायो पदाधिकारीको टुंग्गो

काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले पदाधिकारीको टुंग्गो लगाएको छ । पार्टीको महादिबेशन सम्पन्न भएको लामो समयपछि माओवादी केन्द्रले पदाधिकारीको टुंग्गो लगाएको हो । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको स्थायी समिति बैठकले २१ सदस्यीय पदाधिकारी बगाएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारीको प्रस्ताव बैठकमा गरेका थिए । बैठकले त्यसलाई अनुमोदन गरेपछि माओवादीले पदाधिकारी पाएको हो । माओवादीको आठौं महाधिवेशन गत पुस ११ देखि १८ गतेसम्म काठमाडौंको प्रज्ञा भवनमा सम्पन्न भएको थियो ।

शनिबार सम्पन्न स्थायी समितिले पार्टीको सर्वाधिक चासोका साथ हेरिएको महासचिवमा देव गुरुङ सर्वसम्मत भएका छन् ।
माओवादीले २१ जनाको पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, एक जना उपाध्यक्ष एक जना महासचिव, ७ जना उपमहासचिव, ९ जना सचिव र एक जना कोषाध्यक्ष रहेका छन् । जसअनुसार, अध्यक्षमा प्रचण्ड, वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र उपाध्यक्षमा कृष्णबहादुर महरा यस अगाडि नै सर्वसम्मत भईसकेका थिए ।

शनिबारको स्थायी समितिको बैठकबाट महासचिवमा देव गुरुङ चयन भएपछि महासचिवका अन्य आकांक्षी नेताहरु उपमहासचिव भएका छन् । उपमहासचिवमा बर्षमान पुन, जर्नादन शर्मा, शक्ति बस्नेत, पम्फा भुसाल लगायतका नेताहरु रहेका छन् ।

यस्तो छ माओवादी केन्द्रका पदाधिकारीको सूची

अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’

वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ ‘प्रकाश’

उपाध्यक्ष : कृष्णबहादुर महरा

महासचिव : देव गुरुङ

उपमहासचिव : वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव,हरिबोल गजुरेल

सचिव : दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की

कोषाध्यक्ष : श्रीराम ढकाल प्रशान्त

Loading...