टोखाको मौलिक जात्रा परम्परा, जात्रा पर्वहरुलाई ब्यबस्थितबनाउन जनस्तर बातै भयो यस्तो पहल

पुरानो सास्कृतिक शहर टोखाको मौलिक जात्रा परम्परा, जात्रा पर्वहरुलाई ब्यबस्थित बनाइने भएको छ । टोखा संस्कृति सम्पदा संरक्षण दबू ले     श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज  शुक्रबार टोखामा रहेका चतुर्मास पाँच दाफा भजन र एक भजन खलः गरी छ दाफा भजनहरुलाई  “द्यःखः” ( देवताको खत )  हस्तान्तरण गरिएको छ । 

टोखा संस्कृति सम्पदा संरक्षण दबुका अध्यक्ष मनिराज डंगोलले सस्कृति , मौलिक परम्परालाइ ब्यबस्थित गर्दै  आन्तरिक तथा बाहिय् पर्येतकलाइ आकर्षण गर्ने वाताबरण बनाउनु पर्ने बताउनु भयो ।  

टोखामा रहेका दाफा भजन खलःहरुले चतुर्मास भजन अन्तरगत  प्रत्यक बर्ष श्रावण कृष्ण चतुर्दासी देखी हरेक राति चार महिना सम्म विभिन्न सत्ताल तथा डबलीमा भजन गाउने परम्परा रही आएको छ  ।   अष्टमिका दिन आफ्नो भजन घरमा कृष्णसम्बन्धी तस्वीर प्रदर्शन गर्नुका साथै कृष्णको पूजा आराधना गरी रातभर जागा बसि कृष्णको स्तुति आरधाना गर्ने प्रचलन रहेको छ । नवमीका दिन बिहान कृष्णको प्रतिमालाई खटमा राखि बाजागाजाका साथ धुमधामले टोखा मूल बस्ती भित्र जात्रा गरी नगर परिक्रममा गर्ने प्रचलन रही आएको  छ ।

 उक्त कार्यक्रममा खट निर्माणका लागि आर्थिक सहयोग गर्ने  दाताहरु नाति डंगोल, सिह वीर डंगोल, समिर श्रेष्ठ, पञ्च नारायण श्रेष्ठ, दशराज श्रेष्ठ र भिन्द्यो डंगोललाई तलेजु गुथिका मूः नायो हेमराज श्रेष्ठले सम्मान पत्र वितरण गरिएको थियो ।

Loading...