माओवादी केन्द्रको जारी केन्द्रिय कमिति बैठक स्थगित

काठमाडौं। माओवादी केन्द्रको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि जारी केन्द्रिय कमिति बैठक स्थगित गरिएको छ।  बुधबार दिउँसो एक बजे बस्ने गरि बैठक स्थगिन गरिएको हो। 

पदाधिकारी चयन लगायतबारे अन्तरिक छलफल गर्न मंगलबारको बैठक स्थगित गरिएको बताइएको छ। 

आइतबार र सोमबार दुई दिन लगातार बसेको माओवादी केन्द्रको बैठक मंगलबार सकाउने तयारी थियो। बैठकमा केन्द्रीय सदस्यहरूले आआफ्नो धारणा राख्ने क्रम भने जारी छ।

Loading...