नागरिकता विधेयक फिर्ता लिने निर्णय

काठमाण्डाै ।  सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ ।  मन्त्रिपरिषद् आज मङ्गलवार बसेको बैठकले प्रतिनिधि सभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो ।

 विधेयकमा भएका कतिपय विषय परिवर्तन गर्नुपर्ने भएकाले अहिले फिर्ता लिएर फेरि प्रतिनिधि सभामा पेस गर्ने निर्णय भएको  युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले जानकारी दिनुभयो । नागरिकता विधेयक २०७५ सालको साउन २२ गते प्रतिनिधि सभामा दर्ता भएर राज्य व्यवस्था तथा सुशासन समितिले झन्डै दुई वर्ष दफावार छलफल गरेपछि प्रतिनिधि सभामा पेस गरेको थियो ।

विधेयकमा नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्कालै नागरिकता दिने वा सात वर्षपछि दिने भन्ने विषय विवादमा रहेको छ ।

Loading...