
स्वतन्त्रता दिवसको अवसरमा इलिनोइसस्थित हाइल्याण्ड पार्क शहरमा आयोजित परेड अगाडी बढ्दै गर्दा बन्दुकधारीले अन्दाधुन्द आक्रमणमा ६ जनाको मृत्यु भएको हो ।
बिबिसीले जनाए अनुसार घटनामा २४ जनालाई उपचारका लागि अस्पताल लगिएको छ । घटनामा २२ वर्षीय रोबर्ट ई क्रिमो तृतीय संलग्न रहेको खुलेको प्रहरीलाई उदृत गर्दै बिबीसीले उल्लेख गरेको छ ।