पेट्रोल ,डिजेल ,मट्टीतेलको भाउ फेरी बढ्यो

असार २०,काठमाडौं । सरकारले पेट्रोल र डिजेलको भाउ पुनः बढाएको छ । सोमबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा  प्रतिलिटर २ रुपैयाँले वृद्धि गरेको हो । नयाँ मुल्य अनुसार अब एक लिटर पेट्रोलको मूल्य १८१ रुपैयाँ पर्नेछ भने डिजल र मट्टिते प्रतिलिटर ९ रुपैयाँले बढेर प्रतिलिटर १७२ रुपैयाँ कायम भएको छ । हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँले बढ प्रतिलिटर १८५ रुपैयाँ कायम गरिएको छ ।

Loading...