लागुऔषध ५९०थान एम्पुल सहित १ जना व्यक्ति फर्पिङ बसपार्कबाट पक्राउ

असार २०, काठमाडौँ।  दक्षिणकाली नगरपालीका फर्पिङ बसपार्कबाट ५९० एम्पुल लागु औषधसहित १ जना व्यक्ति पक्राउ परेको छ । फर्पिङ बसपार्कमा प्रहरीले बिभिन्न सवारी साधन तथा मानिसहरु चेकजाँच गर्ने क्रममा कलैयाबाट काठमाण्डौ आउदै गरेको ना १ ज ५९५८ नं.को भाडाको टाटा सुमोलाई  चेक जाँच गर्ने क्रममा उक्त टाटा सुमोमा यात्रा गरी आएका ईन्ताज अन्सारीलाइ पक्राउ गरेको हो ।

पक्राउ परेका अन्सारीको झोला भित्रबाट प्रतिबन्धित लागु औषध DIAZEPAM – १९२ एम्पुल, NOOPHIN – १९९ एम्पुल, PHENERGAN – १९९ एम्पुल गरि जम्मा ५९० एम्पुल बरामद गरीएको छ ।  अन्सारी उपर लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान भई रहेको  प्रहरी बृत्त किर्तिपुरले जनाएको छ  ।

 
Loading...