निगममाथि २२ अर्ब ऋण, कोटा प्रणालीबात तेल वितरणको प्रस्ताव

असार २०, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल खपतलाइ नियेंत्कोरण गर्न  सरकारलाई कोटा प्रणालीबात सवारिसधनालाइ तेल वितरण प्रस्ताव गरेको छ ।

निगमले इन्धनको खपत कम गर्न र थपिदै गएको ऋण भार कम गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सो प्रस्ताव गरेको हो । निजी सवारी सधान मोटरसाईकल तथा कार, जिपलाई एक पटकमा एक पटकमा ५ लिटर र कार जिपलाई २० लिटरसम्म मात्रै तेल वितरण गर्नु पर्ने, निजी सवारी साधनमा जोर विजोर प्रणााली लागू गर्नुपर्ने माग सहित विभिन्न १० बुँदे प्रस्ताव गरेको छ । 

तर सार्वजनिक सवारी साधान तथा अत्यावश्यक सवारी साधनमा भने यो व्यवस्था लागू नगर्न प्रस्ताव छ । 

निगम माथि भारतीय आयल कर्पोरेसनलाई २२ अर्ब ऋण चुक्ता गर्नुपर्ने दायित्व छ ।

यसैगरी निगमले  छोटो दूरीमा सवारीसाधनको सकभर प्रयोग नगरी पैदल यात्रा गर्न आह्वान गर्ने, पेट्रोलियम पदार्थबाट चल्ने सवारीसाधन लगायत अन्य उपकरणहरुको आयात बन्द गर्ने, ठूला उद्योग, परियोजना, होटल आदिले डिजेल तथा एलपी ग्यासको खपत नगरी विद्युतको खपत गर्न आह्वान गरेको छ ।