सरकार अब गियर चेञ्ज गरेर अघि बढ्ने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार अब गियर चेञ्ज गरेर अघि बढ्ने बताएका छन् । सरकार नयाँ कार्यशैलिका साथ अभियानमा जाने र त्यो अभियानले जनतामा नयाँ आशा संचार गर्ने प्रधानमन्त्री प्रचण्डको दावी छ ।

सरकार गठनको एक बर्ष समृद्धिको आधार तयार हुँदै गएको बताउनुभएका प्रधानमान्त्री प्रचण्डले बिपक्षको आक्रमणकैबिचबाट सरकारले ईतिहास निर्माण गर्ने उद्घोष गरेका हुन् । सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा काम गर्न थालेपछि एकथरि मानिसहरु आतंकित् बनेको भन्दै प्रचण्डले एनसेलमा अर्बौंको भ्रष्टाचार गरेको प्रचारबाजी गर्ने फटाहाको मुखमा बुझो लागेको टिप्पणी समेत गरेका छन् ।

सम्पर्क समन्वय समितिले राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकार अब गियरका चेञ्ज गरेर अघि बढ्ने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले आफु प्रधानमन्त्री भएको १ वर्ष पुगेको उल्लेख गर्नुहुदै प्रधानमन्त्री प्रचण्डले अब सरकार नयाँ कार्यशैलिका साथ अभियानमा जाने र त्यो अभियानले जनतामा नयाँ आशा संचार गर्ने उल्लेख गरे ।

सरकारको कार्यशैली परिबर्तन गर्दा कतिपयलकाई गाह्रो हुनसक्ने भन्दै प्रधानमन्त्री प्रचण्डले जति गाह्रो-साह्रो भए पनि जनताको पक्षमा आक्रमण गरेर जे-जेपर्छ बेहोरेर सरकार आघि बढने दृढता व्यक्त गरे । अबको एक वर्षमा इतिहास निर्माण गरेरै छाडने बताउनुहुदै प्रधानमन्त्री प्रचण्डले त्यसको लागि सबैको दर्हो साथ र समर्थन आवश्यकता रहेको प्रष्ट पारे ।

सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिका पक्षमा काम गर्न थालेपछि एकथरि मानिसहरु आतंकित् बनेको प्रचण्डको भनाई छ । आफ्नो नेतृत्वको सरकारले थालेका कामबाट आतङ्कित भएका केही मानिसले एनसेलमा प्रचण्डले अर्बौंको भ्रष्टाचार गरेको प्रचारबाजी गर्ने फटाहाको मुखमा अहिले बुझो लागेको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले आफु दुबई भ्रमणमा हुँदा एनसेलको सेयर बिक्री भएको खबर थाहा पाएको उल्लेख गर्नुहुदै नेपाल आएपछि एनसेल शेयर खरिद-बिक्रिबारे गठबन्धन दल र मन्त्रिपरिषद बैठकमा छलफल गरी छानबिन समिति गठन गरेको स्पस्ट पारे । एनसेलसम्बन्धी भएका गतिविधिको समग्र छानबिनका लागि समिति बनाएपछि ती फटाहाहरू जसले जानिबुझी सरकारले राम्रो काम गरेकोमा जनतालाई भ्रम दिने षड्यन्त्रअन्तर्गत प्रचारबाजी गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।