काठमा बुट्टा कुँद्न अब्बल महिला

चुरियामाई, ७ असोज । विद्यार्थीलाई स्कूल जान हतार भएझैँ बिहान ९ः०० बजेपछि सविना लामा र बालकुमारी गौतमका पाइला छिटोछिटो चल्न थाल्छन् । उन्नाइस वर्षीया सविनासँगै उमेरले ५० की हेटौँडा उपमहानगरपालिका–५ पिप्लेकी बालकुमारीको ध्यान काठमा कस्ता बुट्टा दिने र कसरी आकर्षक बनाउने भन्नेमा हुन्छ । आफ्नो सीपबाट उद्यमी बन्ने सपना बोक्दै केही समयअघि काष्ठकलासम्बन्धी तालीम लिएकिा […]

कक्षा ११ को नतिजा सार्वजनिक (नतिजा हेर्नुहोस्)

भक्तपुर, ७ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । राष्टिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले २०७६ साल वैशाख÷जेठ महिनामा सञ्चालन गरेको कक्षा ११ को नियमित र आंशिक (ग्रेड वृद्धि र अङ्काङ्कन) परीक्षार्थीहरुको परीक्षाफल प्रकाशन गरेको हो । गत जेठमा सम्पन्न परीक्षामा देशभरबाट ५ लाख ९ हजार ५२ […]

मादक पदार्थले लठ्ठिएका प्रअले कार्यक्रम बिथोल्न खोजेपछि…

खोटाङ, ७ असोज । मादक पदार्थ सेवन गरेर कार्यक्रममा सहभागी बनेका एक प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मुलाबारी आधारभूत विद्यालयका प्रअ खम्बराज राई सोमबार कार्यक्रमस्थलबाटै पक्राउ परेका हुन् । शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका र नगरभित्र रहेका आधारभूत तह कक्षा १ देखि ५ सम्मका प्रधानाध्यापकबीच कार्यसम्पादन करार सम्झौता गर्न […]

आज राति कार र ट्रक एकआपसमा ठोक्किदा कारमा सवार सवै पाँच जनाको मृत्यु

कावासोती, ७ असोज । पूर्वपश्चिम राजगार्गअन्तर्गत नवलपरासीका विभिन्न तीन स्थानमा भएका सवारी दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी कम्तीमा २० घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार गएराति १०ः१५ बजेको समयमा कावासोती नगरपालिकाको खरकट्टा जङ्गलस्थित पूर्वपश्चिम राजमार्गमा लु१ख ८५३२ नंको ट्रक र बा४१च ६४०९ नंको कार […]

कक्षा ११ को नतिजा आज आउदै

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशनको अन्तिम तयारी गरेको छ ।  मंगलवार सम्भव नभए बुधवारसम्ममा परीक्षाफल प्रकाशन गरिने बताइएको छ । बोर्ड श्रोतका अनुसार अहिलेसम्म बोर्ड बैठक भने बोलाइएको छैन । बोर्ड बैठकपछि परीक्षाफल प्रकाशन गर्ने परम्परा रही आएको छ । बोर्डले गत वर्ष झैँ यसपटक पनि सबै समूहको एकसाथ परीक्षाफल प्रकाशनको तयारी […]

बुधवारसम्ममा कक्षा ११ को परीक्षाफल प्रकाशन

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल प्रकाशनको अन्तिम तयारी गरेको छ । भोली मंगलवार सम्भव नभए बुधवारसम्ममा परीक्षाफल प्रकाशन गरिने बताइएको छ । बोर्ड श्रोतका अनुसार अहिलेसम्म बोर्ड बैठक भने बोलाइएको छैन । बोर्ड बैठकपछि परीक्षाफल प्रकाशन गर्ने परम्परा रही आएको छ । बोर्डले गत वर्ष झैँ यसपटक पनि सबै समूहको एकसाथ परीक्षाफल प्रकाशनको […]

नेपाली काँग्रेसका सभापति देउवाद्वारा ओली सरकारका ‘काण्डै काण्ड’ सार्वजनिक

Sher Bahadur Deuba

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले ‘काण्डै काण्ड’ सार्वजनिक गरेका छन् । सभापति देउवाले काँग्रेसको विद्यार्थी संगठन नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह मरहद्वारा लिखित ‘काण्डै काण्ड’ पुस्तक सार्वजनिक गरेका हुन् । सोमबार राजधानीको राष्ट्रिय सभागृहमा एक समारोह बीच काँग्रेस सभापति शेरबहादुर देउवाले ‘काण्डै काण्ड’ सार्वजनिक गरेका हुन् । पुस्तक अन्यन्तै समय सान्दर्भिक भएको भन्दै देउवाले उक्त […]

बलात्कार गर्न नपाएपछि बालिकाको हत्या

सिन्धुलीमा एक बालिकाको हत्या भएको छ । एक किसोरले उनको हत्या गरेका छन् । प्रहरीका अनुसार १३ वर्षिय बालिकालाई बलात्कार प्रयास गर्दा उनले प्रतिरोध गरेपछि किसोरले हत्या गरेका हुन् । मरिण गाउँपालिका- १ की १३ वर्षीया बालिका छलिमाया मोक्तानको हत्या गरिएको हो । उनको हत्यामा संलग्त्न सोही ठाउँका १५ वर्षीया किसोरलाइ प्रहरीले शनिबार पक्राउ गरेको […]

मनसुन अझै एक साता लम्बिने

काठमाडौँ, ६ असोज । यस वर्ष मनसुन बाहिरिन अझै एक साता लाग्ने भएको छ । मनसुनको औसत समय आज अर्थात् सेप्टेम्बर २३ भए पनि अझै सक्रिय हुने क्रम बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले जनाएको छ । मनसुन सकिने बेलामा पश्चिम तिरबाट पूर्वतिर वायु सर्नुपर्छ तर अहिले त्यस्तो भएको छैन । हाल […]

इवाखोला राष्ट्रिय प्रसारणमा

फिदिम, ६ असोज । पाँचथरमा निर्माण भएको इवाखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको छ ।  अधिकतम ९.९ मेगावाट विद्युत् उत्पादन गर्ने क्षमताको यो आयोजना यसै साताबाट काबेली कोरिडोर १३२ केभी प्रसारण लाइनमार्फत राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको हो । आयोजनाको प्रवद्र्धक कम्पनी रैराङ हाइड्रोपावर लिमिटेडका प्रबन्धक कुवेरमणि नेपालले झण्डै एक महीना लामो परीक्षण उत्पादन पछि […]