मनकारी जनप्रतिनिधि : आफ्नो तलब विद्यार्थीलाई सहयोग

गलेश्वर, ८ असोज । म्याग्दीका एक जनप्रतिनिधिले आफूले पारिश्रमिकबापत पाउने तलब विद्यार्थीलाई सहयोग गरेर उदाहरणीय काम गरेका छन् । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले आफ्नो दुई महीना बढीको पारिश्रमिक तीन विद्यार्थीलाई सहयोग गरेर उदाहरणीय काम गरे । उनले गत वर्षको एसइई परीक्षामा उत्कृष्ट अङ्क ल्याउने तीन विद्यार्थीलाई एक लाख रुपैयाँ सहयोग […]

शिक्षाका सह-सचिवहरुको ब्यापक सरुवा

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सहसचिवहरुको ब्यापक सरुवा गरेको छ । मन्त्रालयले शिक्षा सेवाका राजपत्रांकित प्रथम श्रेणीका धेरै सह-सचिवहरुलाई एकसाथ सरुवा गरिदिएको हो । मन्त्रालय श्रोतका अनुसार शिक्षा मन्त्रालयको महत्वपूर्ण महाशाखा मानिएको योजना महाशाखा प्रमुखको रुपमा रहेका बैकुण्ठ अर्याललाई शिक्षक सेवा आयोगमा सरुवा गरिएको छ भने उनको ठाउँमा अस्ट्रेलियाबाट भर्खरै अध्ययन बिदा सकाएर फर्केका सह-सचिव […]

शिक्षक लाइसेन्स परीक्षाका लागि माध्यमिक र निम्न माध्यमिक तहको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक

काठमाडौं । शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्स परीक्षाको लागि माध्यमिक तह र निम्न माध्यमिक तहको विद्यालयगत परीक्षा केन्द्र सार्वजनिक गरेको छ । शिक्षक सेवा आयोगले गएको असार २ गते शिक्षक लाइसेन्सको विज्ञापन खुलाएको थियो । आयोगले प्रावि, निमावि र माविको विभिन्न पाँच किसिमको विज्ञापन खुलाएको थियो । आयोगले माध्यमिक तहको विभिन्न् तीन, निमाविको एक र […]

शिक्षामा स्थानीय तहले दादागिरी चलाएको भन्दै त्यसविरुद्ध उत्रने शिक्षक महासंघको घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षामा स्थानीय तहको दादागिरि बिरुद्ध दबाबमुलक अभियान सञ्चालन गर्ने भएको छ । प्रचलित संविधान र ऐनकानून विपरित स्थानीय तहबाट विद्यालयका शिक्षक तथा कर्मचारी माथि गरिएका ज्यादती र जोर जवर्जस्तीका कार्यहरु फिर्ता तथा बन्द गर्न दबावपूर्ण अभियान तथा कार्यहरु अघि बढाउने महासंघले घोषणा गरेको हो । महासंघले मंगलवार शिक्षा पत्रकार समूहमा […]

शिक्षक लाइसेन्सको परीक्षाबारे परेको रिट सर्वोच्चमा खारेज, ५ पटक सरेको लाइसेन्स परीक्षाको अवरोध हट्यो

काठमाडौं । सर्वोच्च अदालतले शिक्षक लाइसेन्स खारेजीको मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको छ । मंगलवार न्यायधीश डा. आनन्दमोहन भट्टराइको एकल इजलाशले शिक्षक लाइसेन्सको विज्ञापन खारेजीको विषयमा अन्तरिम आदेश जारी गर्न नपर्ने फैसला सुनाएको हो । भदौ २२ गते सुनाउने तय भएको फैसला भदौं २४, भदौ २९, भदौं ३१, असोज ५ र अहिले […]

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ, ७ असोज । नेपाल कम्युनिष्ट पार्टी नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच भाइचारा सम्बन्ध स्थापित भएको छ । आज यहाँ आयोजित एक कार्यक्रममा दुई पार्टीबीच भाइचारा सम्बन्ध स्थापना गर्नेसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा नेकपाका विदेश विभाग प्रमुख माधवकुमार […]

डिभी लोटरी भर्न यसपटक पासपोर्ट अनिवार्य चाहिने

काठमाडौँ, ७ आश्विन । आगामी आर्थिक बर्षका लागि अक्टोबर २ देखि डिभी लोटरी खुल्ने भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयका अनुसार आगामी अक्टोबर २ तारिख बुधबार न्युयोर्क समय अनुसार दिउसो १२ बजेदेखि डिभी लोटरी भर्न सकिनेछ । न्युयोर्क समय अनुसार नोभेम्बर ५ मंगलबार दिउसो १२ बजेसम्म डिभी लोटरी भर्न सकिनेछ । यसपटक डिभी लोटरी […]

लोकसेवाले २० हजार पदमा विज्ञापन गर्दै, खरिदारदेखि सहसचिवसम्म

काठमाडौँ । लोकसेवा आयोगले २० हजार कर्मचारीका लागि विज्ञापन गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै सेवा र समूहमा करिब २० हजार कर्मचारी रिक्त रहेको जानकारी पठाएपछि ती पदहरु पूर्ती गर्न आयोगले विज्ञापन गर्ने तयारी गरेको हो । संघीय मामला तथा संघीय मामला मन्त्रालयका प्रवक्ता सहसचिव भूपाल बरालका अनुसार रिक्त […]

पुनःनिर्माण कार्यक्रम वडालाई हस्तान्तरण

बनेपा, ७ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिरकणसँगको समन्वयमा कारितास नेपालले भूकम्पपछि काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिकामा सञ्चालित ‘नेपाल भूकम्प पुनःनिर्माण कार्यक्रम’ सम्पन्नपछि वडालाई हस्तान्तरण गरिएको छ । भूकम्पपछि पुनःनिर्माणको काममा कारितासले सहयोग गर्दै आएकोमा काभ्रेको दुर्गम कोशीपारि क्षेत्रको चौरीदेउराली गाउँपालिकास्थित वडा नं १ को सानोवाङथली, २ को नाग्रेगगर्चे र ३ को माझीफेदामा निजी आवास पुनःनिर्माण, खानेपानी सरसफाइ […]

नेपालीको महान् पर्व नजिकिए संगै दुई दिनमा २० हजारले लिए अग्रिम टिकट

काठमाडौँ, ७ असोज । नेपालीको महान् पर्व दशैँ, तिहार तथा छठका लागि घर जान नयाँ बसपार्कबाट २० हजार यात्रुले अग्रिम बस टिकट लिएका छन् । आइतबारबाट टिकट बुकिङ खुला गरिएकामा नयाँ बसपार्कबाट मात्र दुई दिनमा २० हजार यात्रुले अग्रिम टिकट लिएका हुन् । यातायात व्यवस्था विभाग, महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय […]