अचाक्ली सिन्डिकेट, किसानको बारीबाटै तरकारी कब्जा गर्छन विचौलियाले

धनकुटा, ५ भदाै । तेह्रथुम, धनकुटा र संखुवासभाका तरकारी बारीमा यतिखेर किसान होइनन्, व्यापारी र तरकारी लोड गर्ने गाडी देखिन्छन् । तरकारी टिप्ने समयभन्दा एक साताअघिदेखि नै व्यापारीहरू किसानका बारीमा हुन्छन् । व्यापारीको कब्जा तरकारी रोप्ने समयदेखि नै सुरु हुन्छ । धनकुटाको महालक्ष्मी नगरपालिकाका किसान इन्द्र श्रेष्ठका अनुसार व्यापारीले सुरुदेखि नै मल, बीउ, विषादी, कामदारलगायतमा लगानी हुन्छ । श्रेष्ठको […]

प्रकाण्डलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले काभ्रे प्रहरीको थुनामा रहेका नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । विश्वकर्माको रिहाईको माग गर्दै वीरेन्द्र विश्वकर्माले दायर गरेको रिटमाथि सोमबार सुनुवाई गर्दै न्यायाधीश ईश्वरराज खतिवडाको एकल इजलासले २४ घण्टाभित्र प्रकाण्डलाई अदालतमा हाजिर गराउन सरकारका नाममा आदेश जारी गरेको हो । संगठित अपराधको अभियोगमा काभ्रे प्रहरीले […]

श्रीमती फकाउन छोराको अपहरण !

कैलाली ।  कैलालीबाट अपहरणमा परेका ५ वर्षीय बालकको ९ घण्टापछि सकुशल उद्दार गरिएको छ । सोमबार विहान ९ बजे कैलारी गाउँपालिका-६ बेलौनी गाउँ बस्ने पाँच वर्षीय बालक छेमाङ चौधरीको अपहरण भएको थियो । अपहरणकारीले खेमाङकी आमा बिना चौधरीलाई फोन गर्दै भोली विहान काठमाडौँ बसपार्कमा भेट्न आउनु भन्दै मार्ने धम्की दिएका थिए । कैलारी गाउँपालिका-६ का […]

पूर्वराजदूत केशव झाको बबरमहलस्थित निवासमै हत्या भयो

काठमाडौं । पूर्वराजदूत केशव झाको हत्या भएको छ । ८० वर्षीय झा बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए । प्रहरी अहिले घटनास्थलमा छ । प्रहरीका अनुसार उनको टाउको र घाँटीमा चोट लागेको छ । भान्साको चक्कु प्रहार गरी उनको हत्या गरेको हुन सक्ने प्रहरीको आशंका छ । घरमा झा, उनकी श्रीमती र सुरक्षागार्ड सानु […]

अध्यक्षका लागि रञ्जित तामाङ र ऐन महरबीच यस्तो रस्साकस्सी, कसले पाउदैछ चान्स ?

काठमाडौं । तत्कालिन एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र माओवादी केन्द्रनिकट विद्यार्थी अखिल क्रान्तिकारीको एकताका लागि गठित कार्यदलले नेतृत्व टुंगो लगाउन सकेको छैन । अध्यक्षका लागि रञ्जित तामाङ र ऐन महर अा-आफ्नै कोशिसमा जुटेका छन् । संस्कृति, पर्यटन तथा नागरिकमन्त्रीसमेत रहेका नेता रवीन्द्र अधिकारी नेतृत्वको कार्यदलले ४ सय ९९ सदस्यीय केन्द्रीय समिति, त्यसको एक तिहाई संख्यामा […]

अनुगमनमा गएको सरकारी टोली कालिमाटीका ब्यापारीको कब्जामा, छुटाउन प्रहरी परिचालन

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित तरकारी बजार अनुगमन गर्न गएको सरकारी टोलीलाई व्यापारीले कब्जामा लिएर कोठाभित्र थुनेका छन्। सोमबार विहान बजार अनुगमन गर्न गएको बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण बिभाग र प्रहरीको टोलीलाई ब्यापारीले थुनेका हुन्। व्यापारीले अनुगमनमा गएको टोलीलाई भित्र राखेर गेटमा धर्ना दिइरहेका छन्। सरकारी टोलीलाई छुटाउन अहिले कालीमाटीमा प्रहरी परिचालन गरिएको छ। आपुर्ति […]

प्रधनमन्त्री ओलीले सिंहदरवारमा नांगै हिड्नेको पछि लागिदैन भनेपछि..

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकबारे राष्ट्रिय सुरक्षा र गोपनियता राष्ट्रको हितका लागि कायम राख्ने बताएका छन् । आइतबार ११ औं सूचना दिवसका अवसरमा राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफूकहाँ राजदुतहरु कागजको खोस्टो हल्लाउँदै आउने खुलासा गरे । उनले भने, ‘सूचनाको हक छ । राम्रो छ। मैले सुन्दै छु सदाचार […]

ओली-प्रचण्ड सरकारले फेरी गर्‍यो जनता रुवाउने निणर्य, पुनः बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । केपी-प्रचण्ड सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरी बढाएको छ । सरकारको ठाडो निर्देशनमा नेपाल आयल निगमले पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको हो । पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टतिेलको मूल्य २/२ रुपैयााले बढ्दा ९५ रुपैयाँ पुगेको छ । सोमबार राति १२ बजेबाट लागू […]

मोदी नेपाल आउनै लाग्दा भारतीय सेनाका हाकिम त्रिभुवन विमानस्थलबाट गोलीसहित पक्राउ

काठमाडौं ।  भारतीय सेना पटकपटक हतियारसहित नेपाल आउने कुरा नयाँ होइन । कहिलै सीमा क्षेत्रबाट कहिलै विमानस्थलबाट भारतीय सेनाका अधिकारीहरु हतियारसहित नेपाल आइरहेका छन् । बेला बेलामा उनीहरुलाई प्रहरीले पक्राउ पनि गर्दै आएको छ तर कुनै कारवाही नहुँदा उनीहरु विभिन्न प्रयोजनको लागि हतियारसहित नेपाल भित्रिदै आएका छन् । फेरि भारतीय सेनाका एक उच्च अधिकारी हतियारसहित […]

ओली सरकारको यस्तो निर्णयले पन्ध्र हजार यातायात श्रमिकको रोजगारी खोसियो

काठमाडौं । सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयले करीब १५ हजार श्रमिक कर्मचारीको रोजगारी विस्तापित भएको नेपाल यातायात मजदूर सङ्घले बताएको छ । सङ्घका अध्यक्ष धर्मराज भण्डारीले सरकारको सङ्घ समिति खारेज गर्ने निर्णयसँगै देशभरका ४०० समितिमा कार्यरत १५ हजार श्रमिक कर्मचारी रोजगारीबाट विस्तापित भएको बताए । सङ्घको भदौ २ गते शनिबार बसेको बैठकले भदौ १ बाट लागू […]