चिनियाँ कम्युनिष्ट पार्टीका प्रमुख सोङ ताओ स्वदेश फिर्ता

काठमाडौँ, ८ असोज । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख सोङ ताओ आज स्वदेश फर्किएका छ । सि जिनपिङ विचाधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र नेपाल कम्युनिष्ट पार्टी नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीचको विचारात्मक छलफल’ कार्यक्रममा सहभागी भएर उनि आज चीन फर्किएका नेकपाका विदेश विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

सोङ ताओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेकपा स्कूल विभाग उपप्रमुख वेदुराम भुसाल र रिजालले बिदाइ गरेका थिए । कार्यक्रममा सहभागी हुन उनिसहित चिनियाँ कम्युनिष्ट पार्टीका १४ जना नेता सहभागी भएका थिए । नेकपाको केन्द्रीय स्कुल विभाग र चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनि सोमबार नेपाल आएका थिए ।

Loading...