कक्षा ११ को नतिजा सार्वजनिक (नतिजा हेर्नुहोस्)

भक्तपुर, ७ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को नतिजा सार्वजनिक गरेको छ । राष्टिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरले २०७६ साल वैशाख÷जेठ महिनामा सञ्चालन गरेको कक्षा ११ को नियमित र आंशिक (ग्रेड वृद्धि र अङ्काङ्कन) परीक्षार्थीहरुको परीक्षाफल प्रकाशन गरेको हो ।

गत जेठमा सम्पन्न परीक्षामा देशभरबाट ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी भएकोमा नियमित तर्फ ३ लाख ४९ हजार ६ सय ३ र आशिंक तर्फ १ लाख ४२ हजार ३ सय ४५ सहभागी थिए ।

बोर्डले अक्षरांकन प्रणाली अनुसार नतिजा प्रकाशन गर्दै आएको छ । यसपटक नियमित तर्फ परीक्षामा २ हजार ३ सय १९ ले जिपिए ३.६१ देखि ४, १३ हजार ७ सय ७२ ले ३.२१ देखि ३.६० जिपिए, ३२ हजार २ सय ५३ ले २.८१ देखि ३.२० जिपिए प्राप्त गरेका छन् ।

यस्तै, ५४ हजार ८ सय १६ ले २.४१ देखि २.८० जिपिए, ८४ हजार २ सय ३९ ले २.०१ देखि २.४० र ८९ हजार ६ सय ५० ले १.६१ देखि २.२० जिपिए ल्याएका छन् । यस्तै, ४३ हजार ३७ ले १.२१ देखि १.६० जिपिए, ८ हजार १ सय ७१ ले ०.८१ देखि १.२०, २१ हजार ३ सय ४६ ले ० देखि ०.८० जिपिए ल्याएका छन् ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस

हेर्नुहोस नतिजाको सूचना

 

 

Loading...