बलात्कार गर्न नपाएपछि बालिकाको हत्या

सिन्धुलीमा एक बालिकाको हत्या भएको छ । एक किसोरले उनको हत्या गरेका छन् ।

प्रहरीका अनुसार १३ वर्षिय बालिकालाई बलात्कार प्रयास गर्दा उनले प्रतिरोध गरेपछि किसोरले हत्या गरेका हुन् ।

मरिण गाउँपालिका- १ की १३ वर्षीया बालिका छलिमाया मोक्तानको हत्या गरिएको हो । उनको हत्यामा संलग्त्न सोही ठाउँका १५ वर्षीया किसोरलाइ प्रहरीले शनिबार पक्राउ गरेको छ । उनले मोक्तानलाई यौन सम्पर्क गर्न नपाएको झोकमा घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ । प्रहरीले हत्यामा संलग्न किसोरको नाम भने खुलाएको छैन ।