नेपाली काँग्रेसका सभापति देउवाद्वारा ओली सरकारका ‘काण्डै काण्ड’ सार्वजनिक

नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले ‘काण्डै काण्ड’ सार्वजनिक गरेका छन् । सभापति देउवाले काँग्रेसको विद्यार्थी संगठन नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह मरहद्वारा लिखित ‘काण्डै काण्ड’ पुस्तक सार्वजनिक गरेका हुन् ।

सोमबार राजधानीको राष्ट्रिय सभागृहमा एक समारोह बीच काँग्रेस सभापति शेरबहादुर देउवाले ‘काण्डै काण्ड’ सार्वजनिक गरेका हुन् । पुस्तक अन्यन्तै समय सान्दर्भिक भएको भन्दै देउवाले उक्त पुस्तक पार्टीले देशभर पुर्याउने समेत खुलासा गरे ।

युवा नेता महरले आफ्नो पुस्तकले वर्तमान केपी ओली नेतृत्वको सरकारको पर्दाफास गर्ने बताए । पुस्तकमा ओली सरकारका ५५ काण्ड संग्रहित गरिएको बताइएको छ ।

लेखकले निर्मला हत्याकाण्ड, सुनकाण्ड, सिण्डिकेट काण्ड, गोलीकाण्ड देखि बालुवाटार काण्ड, गुठी काण्ड सहित १८ वटा काण्डलाई पुस्तकमा महत्वका साथ् प्रस्तुत गरेको जनाएका छन् ।