काठमाडौं, ८ पुस । पुस १० गते बिहीवार सार्वजनिक विदा दिएको छ । एक सूचना निकाल्दै भुवा पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै बिदाबारे जानकारी दिएको छ । प्रदेश सरकारले साउन ८ गते गरेको निर्णय अनुसार भुँवा पर्वमा बिदा दिइएको मन्त्रालयले […]
मुख्य समाचार
१० गतेको सूर्यग्रहण यी राशीलाई हुनेछ फलिफाप , कहाँबाट कसरि हेर्ने ?
नेपालबाट पुषको १० गते सूर्यग्रहण देखिदै छ । यो ग्रहण वास्तवमा वलय सूर्यग्रहण भएता पनि नेपालबाट खण्डग्रास सूर्यग्रहण मात्र देख्न सकिन्छ । यस ग्रहणलाई मलेसिया, सिंगापुर,श्रीलंका, तमिलनाडु, ओमान, युनाइटेड अरव इमिरेस्ट आदि ठाउहरुवाट वलय सूर्यग्रहण देख्न सकिन्छ भने जापान, कोरिया, ताइवान, हङकङ, भियतनाम, कम्वोडिया, थाइल्याण्ड, लावोस, म्यानमार, भुटान, नेपाल, लासा, ताजकिस्तान, अजरवैजान आदि मुलुकबाट भने […]
ट्विटरमा फलो गर्ने नेपालीलाई पुरस्कार: चिनियाँ राजदूत होउ यान्छी
भक्तपुर, ८ पुस । चिनियाँ राजदूत होउ यान्छीले ट्वीटरमा आफूलाई फलो गर्ने नेपालीलाई पुरस्कार घोषणा गरेकी छिन् । पुरस्कृत हुन यान्छीलाई ‘फलो’ गरेर मात्रै नपुग्दैने जानकारी उनको ट्विटमा छ । उनले ट्विटरमा हालेको पोस्टलाई रि–ट्विट, कमेन्ट र एक जना साथीलाई ट्यागसमेत गर्नुपर्नेबताएकी छिन् । २६ डिसेम्बर मध्यान्ह १२ बजेसम्म आफूलाई फलो, रि–ट्वीट, कमेन्ट र ट्याग […]
ओलीसँग असमझदारी पैदा भएसँगै समाजवादी पार्टीको सरकार छाड्ने निर्णय: अध्यक्ष यादव
काठमाडौं, ८ पुस । समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । संविधान संशोधनका विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असमझदारी पैदा भएसँगै सरकारबाट बाहिरिने निर्णयमा पगिएको समाजवादी स्रोतले जनाएको छ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र […]
सीमा अतिक्रमणका बिरुद्ध एकजुट हुन दलहरुलाई आग्रह
काठमाडौं, ८ पुस । भारतले नेपालको सीमा अतिक्रमण गरेको विरुद्ध एकताबद्ध हुन विभिन्न राजनीतिक दलका नेताहरुले अपिल गरेका छन् । राष्ट्रिय जागरण मञ्चले काठमाण्डौंमा आयोजना गरेको कार्यक्रममा सत्ता पक्ष, प्रतिपक्ष लगायतका दलका नेताहरुले आफ्ना मतभेद र सिद्धान्तहरुलाई एक ठाउँमा राखेर राष्ट्रियताको बिषयमा एकजुट हुनुपर्नेमा जोड दिएका हुन् । उनीहरुले भारतीय अतिक्रमणका विरुद्ध साझा धारणा बन्न […]
विप्लव समुहका २१ जना नेताहरु पूर्पक्षका लागि कारागार चलान
दाङ, ८ पुस । दुई महिना पहिले दाङको राजपुर गाउँपालिका ४ मुंग्रठा खोलाबाट पक्राउ परेका नेत्र विक्रम चन्द विप्लव समुहका २१ जना नेताहरु पूर्पक्षका लागि कारागार चलान भएका छन् ।दाङ देउखुरी जिल्ला अदालतका न्यायाधिस रितेन्द्र थापाको इजलासले २१ जना बिप्लव समुहका नेताहरुलाई जनही १५ हजार रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । तर नेताहरुलाई फेरी […]
रानीकोटगढी घ्याम्पेडाँडा पर्यटकीय आकर्षणको केन्द्र, जीपलाइनको मज्जा पनि लिन पाइने
भक्तपुर, ८ पुस । सूर्यविनायक नगरपालिका वडा नं ७ र ८ को ऐतिहासिक रानीकोटगढी, घ्याम्पेडाँडा क्षेत्र पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ती क्षेत्रलाई पर्यटकीय क्षेत्र घोषणा गरेपछि आन्तरिक तथा बाह्य पर्यटकको उत्कृष्ट गन्तव्य बनेको हो । नगरकोट र धुलिखेलपछिको अर्को पर्यटकीय क्षेत्रका रूपमा विकास भएपछि पर्यटन व्यवसायी उत्साहित […]
छोरालाई स्कुल पुर्याउन गएका बाबुको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा ज्यान गयो
काठमाण्डौँ, ८ पुस । काठमाण्डौको गुर्जुधारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रागिरि नगरपालिका ७ चेकपोस्टका ४१ वर्षीय अर्जुनबहादुर केसीको ज्यान गएको छ ।कलंकीमा रहेको एलआरआई स्कुलमा छोरालाई पुर्याउन मोटरसाइकलमा गइरहेका बेला प्रदेश ३–०२–००९ प ७६२१ नम्बरको मोटरसाइकललाई नम्बर नखुलेको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । मोटरसाइकलमै रहेका अर्जुनका छोराको अवस्था भने सामान्य रहेको र ठक्कर […]
सरकारी र सार्वजनिक जग्गा पहिचान गर्नुस्, सरकारी किल्ला ठोक्न म आफै आउँछु: मन्त्री अर्याल
चितवन – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरेर संरक्षण गर्न आग्रह गरेकि छन । चितवनको रत्ननगर नगरपालिकाले शनिबार रत्ननगरमा आयोजना गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षणसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सजग गराएकि हुन । सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण तथा दोहनको गुनासो आइरहेका बेला सरकारले जग्गा […]
शीतलहरका कारण सप्तरीका ४२ सामुदायिक विद्यालय बन्द
सप्तरी, ६ पुस । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि सप्तरीका तीन स्थानीय तहले विद्यालय बन्द गरेका छन् ।राजविराज नगरपालिकाले जाडो बिदा प्रयोजनका लागि छुट्याइएको ६ दिनमध्ये हाललाई आजदेखि मङ्गलबारसम्म तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको सूचना जारी गरेको छ । बन्दको निर्णयपछि राजविराज नगरपालिकाअन्तर्गतका ४२ सामुदायिक विद्यालय तीन दिनसम्म बन्द रहने नगर उपप्रमुख साधना […]











