ओलीसँग असमझदारी पैदा भएसँगै समाजवादी पार्टीको सरकार छाड्ने निर्णय: अध्यक्ष यादव

काठमाडौं, ८ पुस । समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ । मंगलबार बसेको पार्टीको शीर्ष तहको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो । संविधान संशोधनका विषयमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग असमझदारी पैदा भएसँगै सरकारबाट बाहिरिने निर्णयमा पगिएको समाजवादी स्रोतले जनाएको छ ।

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव वर्तमान सरकारमा उपप्रधानमन्त्री तथा कानुन मन्त्रीको जिम्मेवारीमा छन् । यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई प्रधानमन्त्री ओलीले मन्त्रालय हेरफेर गरी कानुन मन्त्रालयको जिम्मा दिएका थिए । साथै स्वास्थ्य राज्यमन्त्रीको पद खोसिएको थियो । संविधान संशोधनको सहमतिसहित समाजवादी पार्टी सरकारमा सहभागी भएको थियो ।

Loading...