ट्विटरमा फलो गर्ने नेपालीलाई पुरस्कार: चिनियाँ राजदूत होउ यान्छी

भक्तपुर, ८ पुस । चिनियाँ राजदूत होउ यान्छीले ट्वीटरमा आफूलाई फलो गर्ने नेपालीलाई पुरस्कार घोषणा गरेकी छिन् । पुरस्कृत हुन यान्छीलाई ‘फलो’ गरेर मात्रै नपुग्दैने जानकारी उनको ट्विटमा छ । उनले ट्विटरमा हालेको पोस्टलाई रि–ट्विट, कमेन्ट र एक जना साथीलाई ट्यागसमेत गर्नुपर्नेबताएकी छिन् । २६ डिसेम्बर मध्यान्ह १२ बजेसम्म आफूलाई फलो, रि–ट्वीट, कमेन्ट र ट्याग गर्नेमध्ये पाँच जनालाई पुरस्कार दिइने यान्छीले ट्वीटरमार्फत जानकारी दिई ।

२७ डिसेम्बरबाट काठमाडौंमा सुरु हुने चिनियाँ चलचित्र महोत्सवसुरु हुँदै छ । सो महोत्सवलाई लक्षित गर्दै राजदूत यान्छीले यस्तो प्रतियोगिताको घोषणा गरेकी हुन् । उनले पुरस्कृतलाई महोत्सवकै दुई वटा टिकट उपलब्ध गराउने जनाएकी छिन् ।

गत जुनदेखि ट्वीटर एकाउन्ट सञ्चालन गरेकी यान्छीले २९ जनालाई फलो गरेकी छन् । त्यसमध्ये नेपालका राष्ट्रपति, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, प्रमुख विपक्षी दलका नेता, नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल गरी पाँच नेपालीलाई फलो गरेकी छन् । यान्छीको पिआरसिएएमबी नेपाल ह्याण्डलको फलोअर संख्या ९ हजार ८ सय भन्दा बढी छ । चीनमा भने ट्वीटर, फेसबुक, गुगल, इन्स्टाग्राम लगायतका सञ्जाल प्रतिबन्धित छ ।

Loading...