माइती नेपालद्वारा २३९ जना महिला तथा बालबालिकाको उद्धार

काठमाण्डु, १० पुस । सुदूरपश्चिम प्रदेशबाट भारत हुँदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ । बुधबार कञ्चनपुरको भीमदत्तनगरमा सन् २०१९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै माइती नेपाल कञ्चनपुरले उद्धार गरिएका महिला तथा बालबालिकालाई भारत र तेस्रो मुलुक लैजाने कुराकानीका लागि सामाजिक सञ्जालको दुरुपयोग […]

ग्रहण ११:३१ बजे सकिने : खुला आँखाले हेर्न नहुने ग्रहणमा निम्न राशीलाई लाभ हुने भविष्यवाणी

 आज पुस १० गते बिहीवार तदनुसार छब्बीस डिसेम्बर । आजको दिन तिथि अनुसार पौष कृष्ण औशी परेको छ भने पूर्वनिर्धारीत सूर्यग्रहण विहान ८स्४२ बजेबाट शुरु समेत भैसकेको छ ।आजको सूर्यग्रहण खण्डग्रास सूर्यग्रहण हो । सूर्य र पृथ्वीको बीच चन्द्रमा पर्दा चन्द्रमाले सूर्यको प्रकाश छेके पछि पृथ्वीमा लाग्ने ग्रहण नै सूर्यग्रहण हो । पनचाङ्ग निर्णायक समितिका […]

राजधानीमा पर्यटन आकर्षणको लागि नाइट लाइफ जीवन्त राख्न भट्टराईको आग्रह

काठमाडौं, ९ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले  राजधानीमा पर्यटन आकर्षण गर्न रात्रीकालीन गतिविधि बढाउनु पर्ने बताएका छन । राजधानी साँझ ५र६ बजे नै सुनसान हुने भन्दै उनले उपत्यकाको नाइट लाइफ जीवन्त राख्न आग्रह गरे । बुधबार राजधानीभित्रका महानगर तथा नगरपालिकाका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री भट्टराईले भने, ‘राजधानी ५र६ बजे नै […]

११ चुनाबी चिह्नमा राजपाले पाए ढल्केको छाता

भक्तपुर, ९ पुस । राष्ट्रियसभाले राजनीतिक दलहरूलाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गरेको छ । राष्ट्रियसभा निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई चुनाव चिह्न उपलब्ध गराईएको हो । आयोगले माघ ९ गते हुन लागेको निर्वाचनका लागि ११ दललाई चुनाव चिह्न दिएको हो । आयोगका प्रवक्ता गिरिजा शर्माका अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपालाई सूर्य, […]

समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौं, ९ पुस । समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । पार्टीको बुधबार बसेको कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । उनले पार्टी अब प्रतिपक्षमा रहेर संविधान परिमार्जन गर्ने संशोधन गर्ने र सबैको संविधान बनाउने कार्यमा लाग्ने बताए । समाजवादी पार्टीले नेकपाको सरकारलाई दिँदै […]

मकवानपुरको आकाशका आगोको मुस्लो, हवाईजहाज दुर्घटनाको आशंका

काठमाडौं, ९ पुस । मकवानपुरको बकैया गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाको सीमा क्षेत्रस्थित आकाशमा ठूलो आगोको मुस्लो देखिएको छ । बकैया गाउँपालिका–१२ र मकवानपुर गढी गाउँपालिका–७ को सीमानामा झण्डै एक घण्टा अगाडि आगोको मुस्लो देखिएको स्थानीयले जानकारी दिएका छन् । ‘बकैया गाउँपालिका– १२ र मकवानपुर गढी गाउँपालिका–७ को सीमाना क्षेत्रमा ठूलो आगोको मुस्लो आइरहेको छ’, बकैया […]

बली दिन भारतमा लागिएकी मोडल नेपाली युवतीलाई प्रहरीले जोगायो

काठमाडौं, ९ पुस । भारतको एक धार्मिक आश्रममा बली दिन लागिएकी एक नेपाली युवती बच्न सफल भएकी छन् । नेपाली युवतीलाई भारतमा लगेर बली दिन लागिएको कुरा थाहा पाएको प्रहरीले उनीहरुको योजना विफल तुल्याएको छ । आफूलाई भारत लैजाँदै गरेको कुरामा युवतीले शुरुमै शंका लागेर प्रहरीको सहयोग लिएका कारण बलि दिने योजना विफल बन्न पुगेको […]

जुम्लापछि काठमाडौंमा सबैभन्दा बढी चिसो , कति छ तापक्रम ?

काठमाडौं, ९ पुस, काठमाडौं । काठमाडौं उपत्यकाको आजको न्यूनतम तापक्रम २.९ डिग्री सेन्टिग्रेडमा झरेको छ । मौसम विज्ञान विभागले बुधबार बिहान गरेको मापनमा यो जुम्लापछिकै सबैभन्दा कम तापक्रम हो । बुधबार बिहान ८ः४५ बजे काठमाडौंको न्यूनतम तापक्रम २.९ डिग्री मापन भएको मौसमविद् सजिना शाक्यले जानकारी दिइन् । सोही समयमा जुम्लाको न्यूनतम तापक्रम भने माइनस ६.५ […]

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई उपेक्षा गर्दै विदेशी एयरलाइन्ससँग सम्झौता गरिएकोमा निगम असन्तुष्ट

काठमाडौं, ९ पुस । नेपाल भ्रमण वर्ष सचिवालयले निजी लगानीको विदेशी वायुसेवा कम्पनी टर्कीस एयरलाइन्सलाई भ्रमण वर्षको आधिकारिक एयरलाइन्स तोकेको छ । यो कम्पनीसँग सचिवालयले ४ पुसमा सम्झौता गरेको हो । विदेशी निजी कम्पनीलाई यस्तो जिम्मा दिएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम असन्तुष्ट देखिएको छ । निगमले आधिकारिक एयरलाइन्स बन्न सरकारसँग ईच्छा व्यक्त गरेको थियो […]

भक्तपुरमा नवप्रवेशी शिक्षकलाई अभिमुखीकरण: अल्छी हुनु नहुनेमा जोड

भक्तपुर, ९ पुस । भक्तपुर नगरपालिकाले नवप्रवेशी शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शिक्षक सेवा आयोगको सिफारिसबाट भक्तपुर नगरपालिकामा पदस्थापना भएका विद्यालय तहका शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । मंगलवार नगरपालिकाको शिक्षा शाखा द्वारा आयोजित उक्त अभिमुखीकरण कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षकहरु कहिल्यै अल्छी हुनु नहुनेमा जोड दिए । […]