सरकारी र सार्वजनिक जग्गा पहिचान गर्नुस्, सरकारी किल्ला ठोक्न म आफै आउँछु: मन्त्री अर्याल

चितवन – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरेर संरक्षण गर्न आग्रह गरेकि छन । चितवनको रत्‍ननगर नगरपालिकाले शनिबार रत्‍ननगरमा आयोजना गरेको सरकारी तथा सार्वजनिक जग्गा संरक्षणसम्बन्धी कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सजग गराएकि हुन ।

सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण तथा दोहनको गुनासो आइरहेका बेला सरकारले जग्गा संरक्षणको अभियान थालेको छ । त्यही सन्दर्भमा रत्‍ननगर नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा संरक्षणका सन्दर्भमा मन्त्रीको उपस्थितिमा छलफल कार्यक्रमको आयोजना गरेको हो । त्यस अवसरमा मन्त्री अर्यालले सरकारले देशैभरका सरकारी तथा सार्वजनिक जग्गा संरक्षणको अभियान थालेको बताईन । देशैभर विभिन्न व्यक्ति तथा संस्थाले अनाधिकृत रुपमा दोहन गरेको जग्गा खोजेर सरकारले त्यसको संरक्षण गर्ने उनको भनाइ थियो ।

कार्यक्रममा उपस्थित पालिका प्रमुख तथा अगुवाहरूलाइ निर्देशन दिँदै मन्त्री अर्यालले जग्गाको संरक्षण गर्ने प्रमुख दायित्व पालिकाकै भएको बताईन । साथै उनले पहिचान गरिएको जग्गामा सरकारले आफ्नो झण्डा गाड्ने प्रतिबद्धता समेत जनाईन । ुतपाईँहरूले यहाँका सरकारी र सार्वजनिक जग्गाको पहिचान गर्नुस् । किल्ला ठोक्‍न म आफै यहाँ आउछुुु, मन्त्री अर्यालले भनिन ।

मन्त्री अर्यालले देशभरका जग्गाको विवरण लिएर सरकारको नाममा जग्गा फर्काउने अभियान थालिएको बताउँदै यस कार्यमा कसैको डर धम्कीबाट नडराउन समेत उनले आग्रह गरिन । सरकारले अब चाँडै भूमिसम्बन्धी शक्तिशाली आयोग बनाएर सरकारी ताथा खाली रहेका जग्गाको व्यवस्थापन गर्दै लैजान लागेको मन्त्री अर्यालको भनाइ थियो । आगामी माघ महिनासम्ममा शक्तिशाली भूमि आयोग बनाउने गरी काम अगाडि बढेको बताईन ।

सरकारले सरकारी र सार्वजनिक जग्गाको बारेमा अध्ययन गर्न शक्तिशाली आयोग गठन गरेको थियो । आयोगले भर्खरै बुझाएको प्रतिवेदनमा झण्डै ४३ सय बिघा जमिन अतिक्रमण भएको उल्लेख गरिएको छ । त्यस अवसरमा मन्त्री अर्यालले रत्‍ननगर नगरपालिकाअन्तर्गत रहेका सार्वजनिक तथा सरकारी जग्गाको अनुगमन निरीक्षण गरेकि थिईन ।

Loading...