जुम्लामा माटोले लियो सासूबुहारीको ज्यान

घर लिप्ने माटो लिन गएका दुईजनाको मृत्यु भएको छ । जुम्लामा माटोको ढिस्कोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा चन्दननाथ नगरपालिका- ४ का ५५ वर्षिया नाक्ची सुनार र २५ वर्षिया सानुमाया सुनार रहेका छन् । उनीहरु सासूबुहारी हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाए अनुसार घर लिप्ने रातो माटो लिन गएका उनीहरुको माटोको […]

गायिका आस्था राउत अझै चार दिन हिरासतमा रहने

काठमाडौं, १३ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । काठमाडौं प्रहरी परिसर टेकुले जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमार्फत म्याद थपका लागि प्रशासनमा अनुरोध गरेको थियो । राउतले सोमबार बिहान प्रहरी समक्ष आत्मसमर्पण गरेकी थिइन् । उनले कानूनभन्दा आफू माथि नरहेको भन्दै प्रहरीलाई सघाउनकै लागि […]

कांग्रेस केन्द्रीय कार्यालयमा झडप, देउवा प्रवेश गर्नै लाग्दा भयो यस्तो हातपात

काठमाडौं, १३ माघ । नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपामा झडप भएको छ । कांग्रेसको विद्यार्थी संगठनका दुई समूहबीच झडप हुँदा सानेपामा तनाव उत्पन्न भएको छ ।  नेपाली कांग्रेसको पार्टी सभापति शेरबहादुर देउवा कार्यालय प्रवेश गर्ने क्रममा नेविसंघका पूर्वमहामन्त्री कुन्दनराज काफ्ले समूहले उमेरको हदबन्दी तोकिनुपर्ने माग राख्दै पार्टी कार्यालयमा अनसनमा बसेपछि देउवा समूहले हातपात गरेको हो […]

प्रहरी नियन्त्रणमा रहेकी गायिका आस्थाले भनिन यस्तो

काठमाडौं , १३  माघ। राउतले कानूनभन्दा माथि कोही नभएको बताएकी छन् । कानूनलाई ‘कोअपरेट’ गर्न नै आफू प्रहरीमा उपस्थित भएको भन्दै उनले भनिन्, ‘कानूनभन्दा माथि कोही पनि छैन, म पनि छैन । कानूनका हिसाबले जे मलाई हुन्छ, त्यो सहर्ष स्वीकार गर्छु ।’ राउत सिक्कम जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकजाँच गर्ने महिला सुरक्षाकर्मीसँग विवाद भएको […]

शपथ कार्यक्रमको विरोध जनाउने १२ जना मानवअधिकार कर्मी पक्राउ

काठमाडौं, १३ माघ। शीतलनिवास अगाडिबाट स्व। अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामासहित १२ जना मानवअधिकारकर्मी पक्राउ परेका छन् । सभामुख अग्निप्रसाद सापकोटाको शपथ कार्यक्रमको विरोध जनाउने क्रममा उनीहरू पक्राउ परेका हुन् । पूर्णिमाया लामा शसस्त्र द्धन्दका वेला तत्कालिन नेकपा माओवादीद्धारा सफाया गरीएका अर्जुन लामाकी श्रीमती हुन् । मानव अधिकार कर्मीहरु स्वतः आएका हुन् वा कसैबाट परिचालित […]

एनसेल टावर तत्काल हटाउन, सिम बहिष्कार गर्न विप्लव नेकपाको चेतावनी

बुटवल, १३ माघ । एनसेलले राज्यलाई तिर्नुपर्ने अर्बौं रुपैयाँ कर नतिरेको तर्क गर्दै विप्लवले एनसेलको प्रतिरोध गर्ने चेतावनी दिएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेकपाले पाल्पामा घरका छतमा राखिएका एनसेलका टावर तत्काल हटाउन र एनसेलको सिम बहिष्कार गर्न आग्रह गरेको छ । नेकपा पाल्पाले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै एनसेल […]

नवनिर्वाचित सभामुख सापकोटाले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौं १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटाले पद तथा गोपनीयताको सपथ लिएका छन ।संवैधानिक व्यवस्थाअनुसार उनले राष्ट्रपति विद्यादेवी भण्डारीले सापकोटालाई राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन । सापकोटा आइतबार प्रतिनिधिसभाबाट सभामुखमा निर्विरोध निर्वाचित भएका थिए । सापकोटा निर्वाचित भएको औपचारिक जानकारी राष्ट्रपति कार्यालयलाई गराएपछि सोमबार बिहान ११ बजेका लागि […]

जीप दुर्घटना परि एकको मृत्यु, तीन गम्भीर घाइते

ओखलढुङ्गा, १३ माघ । गाउँबाट बिरामी लिएर ओखलढुङ्गा सदरमुकामस्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो आज बिहान ६ः३० बजेको समयमा दुर्घटना हुँदा विश्वकर्माको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका प्रहरी निरीक्षक श्रीप्रसाद राईले जानकारी दिए । दुर्घटनामा ज्यान गुमाएका विश्वकर्मा आफैँ पनि बिरामी थिए । दुर्घटनामा परेर चालक सोही ठाउँका […]

गायिका आस्था राउतलाई मिलापत्र गरि आजै रिहा गर्ने तयारी

काठमाडौं १३ माघ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मीनलमा प्रहरी जवानमाथि चेकजाँचका क्रममा दुर्व्यवहार गरेको आरोपमा आस्थाविरुद्ध अभद्र व्यवहारमा मुद्दा दायर भएको थियो । माघ ५ मा उनीविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पुर्जी जारी भएको थियो । भारतमा सांगीतिक कार्यक्रमका लागि गएकी आस्था पक्राउ पुर्जी जारी भएपछि आज आफैँ प्रहरी परिसर काठमाडौंमा उपस्थित भएकी थिइन् […]

आज देशका केही ठाउँमा वर्षासँगै हिमपातको सम्भावना

काठमाडौं, १३ माघ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नभए पनि आज साँझबाट नेपालको पश्चिमी भेगमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव पर्ने सम्भावना देखिएको जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज केही ठाउँमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ । तराई भेग तथा पश्चिमी पहाडी भूभागमा बाक्लो […]