काठमाडौँ, २ मङ्सिर । सरकारले नयाँ ट्याक्सी दर्ता खोल्ने तयारी गरेको छ । एक हजार २०० अश्वक्षमताको र त्योभन्दा बढीका ट्याक्सीको दर्ता गर्न अध्ययन भइरहेको छ । यात्रुलाई सुविधायुक्त सवारीसाधन आवश्यक भएको भन्दै नयाँ ट्याक्सी दर्ता खुलाउन लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए । अहिले सडकमा रहेका ट्याक्सी पुराना रहेकाले तिनलाई हटाउँदै नयाँ […]
मुख्य समाचार
बस दुर्घटनामा १२ घाइते
राँझा, २ मङ्सिर । दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको यात्रुवाहक बस आज बिहान बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित महेन्द्र राजमार्गमा दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । दाङको तुल्सीपुरबाट नेपालगञ्ज आउँदै गरेको ना५ख ६४४९ नंको बस राप्तीसोनारी गाउँपालिका–१ कुसुममा सडकबाट ८० मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पबिन्द्र बमले […]
मृगौलापीडित प्रधानमन्त्रीले मृगौलापीडितकै सुविधा खोसेको गम्भीर आरोप
काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् मृगौला पीडित भएर पनि आफूहरुको समस्यामा गम्भीर नभएको भन्दै मृगौला पीडित सरोकार समाजले आज राजधानीमा प्रदर्शन गरेको छ । आफूहरुलाई उपलब्ध हुँदै आएको सहयोग पूर्ववत ढंगले उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन बालुवाटार पसेका उनीहरुले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन नपाएपछि उनीहरुले प्रदर्शन गरेका हुन् । मृगौला […]
नेतालाई भगवानरुपी मुर्ती बनाएर गुलामी गर्नेहरुका कथा
एकपटक मन्दिरको बलेसीमा रहेको ढुंगाले मन्दिरभित्र स्थापित ढुंगाको मूर्तिलाई सोधेछ– ‘साथी तिमी पनि पहाडबाटै झरेको, म पनि पहाडबाटै झरेको, तिमी पनि ढुंगा, म पनि ढुंगा तर पनि मान्छे तिमीलाई रातोदिन पूजा गर्छन, फूलप्रसाद चढाएर ढोग्छन् । तर मभित्र के तेस्तो दोष छ र, हरपल फोहोर खुट्टाको प्रहार खेप्नुपर्छ ।’ मन्दिर भित्रको ढुंगो मन्द मुस्काउँदै जवाफ […]
हात्ती नियन्त्रणका लागि करेन्टको जथाभावी प्रयोगले झापामा ४० को मृत्यु
सुरुङ्गा, २ मङ्सिर । गत कात्तिक १६ गते हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर झापामा दुई जनाको एकै साथ मृत्यु भयो । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ निवासी १८ वर्षीय अनिष राई र उनकै मामा भोजपुर निवासी ३५ वर्षीय मणिराम राई रहेका छन् । उनीहरुलाई वुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर करेन्ट लागेको […]
लिपुलेक मिचिएपछि विरोध भइरहँदा नेपाल भारतबीचको पश्चिमी नाका बन्द
बैतडी, २ मंसिर । भारतले नयाँ नक्सा सार्वजनिक गरेर नेपाली भूमी मिचेपछि त्यसको व्यापक विरोध भइरहेको छ । धेरै नेपालीहरु अहिले दार्चुलाको कालापानी, लिपुलेक, पूर्वको इलाम पाँचथरका मिचिएका सिमामा पुग्ने क्रम पनि जारी छ । जनस्तरबाट व्यापक विरोध भइरहे पनि सरकारी तवरमा भने त्यति ठूलो विरोध वा समस्या समाधानका लागि पहल थालिएको छैन । यसैबीच […]
बैतडीको झुलाघाट नाका चार दिन बन्द
बैतडी, २ मङ्सिर । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका चार दिन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीका अनुसार मङ्सिर ६ गतेदेखि ९ गतेसम्म झुलाघाट नाका बन्द हुने भएको हो । यही मङ्सिर ८ गते नोभेम्बर २५ तारिखमा भारतमा विधानसभाको उपनिर्वाचन हुन लागेकाले सुरक्षा संवेदनशीलताका कारण जनाउँदै मङ्सिर ६ गते साँझ ५ […]
वडाध्यक्षको शिक्षक सेवा आयोगमा निस्कियो, राजीनामा दिएर वडाअध्यक्षले खाए शिक्षकको जागीर
सल्यान, २ मङ्सिर । सल्यानमा एकजना जनप्रतिनिधिले राजीनामा दिएर शिक्षक पेशामा संलग्न भएका छन् । सिद्धकुमाख गाउँपालिका–४ का वडाध्यक्ष दिनेश कुमार बुढामगर वडाध्यक्ष पदबाट राजीनामा दिएर प्राथमिक तहको शिक्षक भएका हुन् । विसं २०७४ को स्थानीयतहको निर्वाचनमा नेपाली काङ्ग्रेसबाट निर्वाचित बुढामगरले शिक्षक सेवा आयोगले लिएको प्राथमिक तहको खुलाकोटाअन्तर्गत मुस्ताङबाट नाम निकालेका हुन् । तत्कालीन नेकपा […]
प्लान्ट क्वारेन्टाइनको अवरोधले एक वर्षदेखि रोकिएको नेपाली जडीबुटीको निकासी अझै भएन
बाँके, २ मङ्सिर । भारतको प्लान्ट क्वारेन्टाइनको अवरोधका कारण एक वर्षदेखि रोकिएको नेपाली जडीबुटीको निकासी अझै शुरु हुन सकेको छैन । भारत सरकारले २०१९ अक्टोबर १ ९ २०७६ असोज १४ गते राजपत्रमा सूचना जारी गरी विदेशबाट आयात गर्ने जडीबुटीको नयाँ सूची जारी गरेको थियो । नयाँ सूची जारी गरेसँगै एक वर्षदेखि रोकिएका जडीबुटीको निकासी खुल्ने […]
नेपालमा पनि मनाइयो विश्व सम्झना दिवस
बनेपा, २ मङ्सिर । जिल्लाका सदरमुकाम धुलिखेल र नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीमा सडक दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा आइतबार ‘विश्व सम्झना दिवस’ मनाइएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक, सुरक्षित र दिगो यात्रा नेपाल, भकुण्डे जेसिस र नेपाल अटोमोबाइल एशोसिएशनको संयुक्त आयोजनामा धुलिखेल नगरपालिकास्थित सरस्वती बजार र नमोबुद्ध नगरपालिकाको भकुण्डेबेँसीमा विविध कार्यक्रम आयोजना गरेर सो दिवस मनाइएको […]










