नेकपाको केन्द्रीय कमिटी डेढ वर्षपछि दोस्रो बैठक सुरु

काठमाडौं, १५ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा को केन्द्रीय कमिटी बैठक आजबाट सुरु भएको छ । पार्टी गठन भएपछि दोस्रो दोस्रो पूर्ण बैठक राष्ट्रियसभा गृहमा बिहान ११ बजेबाट सुरु भएको छ । बैठकलाई प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैैछन ।

सरकारका पछिल्ला निर्णयहरुबारे पार्टीभित्र र बाहिर उठेका विषयमा सम्बोधन गर्ने पनि जनाइएको छ । सचिवालयले केन्द्रीय कमिटी बैठकको एजेण्डा पनि तय गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुबै अध्यक्षको तर्फबाट राजनीतिक प्रतिवेदन पेश गर्नेछन ।

महासचिव विष्णु पौडेलले सांगठनिक तथा विधान संशोधन प्रस्ताव पेश गर्ने कार्यक्रम तय गरिएको छ । यस्तै सातै प्रदेशका अध्यक्षहरुले रिर्पोटिङ गर्ने कार्यक्रम पनि रहेको प्रवक्ता श्रेष्ठले बताए ।

Loading...