सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्नि सापकोटा निर्विरोध रूपमा सभामुख निर्वाचित भएका छन्। सङ्घीय संसद्को प्रतिनिधिसभामा आइतवार भएको निर्वाचनमा सापकोटा सभामुख चयन भएका हुन्। बलात्कार प्रयासको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महरा राजीनामा दिन बाध्य भएका थि। त्यसयता तीन महिनादेखि सभामुख पद रिक्त रहेको थियो। सभामुख कसलाई बनाउने भन्ने विषयमा नेकपाभित्र निकै […]
मुख्य समाचार
गायिका आस्था राउत प्रहरी नियन्त्रणमा
काठमाडौं । गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आस्था राउतलाई आफन्तले महानरीय प्रहरी परिसर काठमाडौंमा सोमबार बिहान लगेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । त्रिभुवन विमानस्थलमा कार्यरत प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा गायिका आस्था राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आफूलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरी जवान रमिशा श्रेष्ठल दिएको उजुरीको आधारमा उनलाई नियन्त्रणमा लिएको हो […]
टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु
काभ्रे, १२ माघ । त्यस्तै काभ्रेमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा मण्डनदेउपुर नगरपालिका–७ का अन्दाजी ३२ वर्षका प्रदीप श्रेष्ठ रहेका छन्। प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जनाएको छ । शनिबार पाँच खालबाट धुलिखेल आउँदै गरेको बा ८५ प ६०२६ नंको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको बा ४ […]
सिन्धुलीमा माइक्रोबस दुर्घटना एकको मृत्यु, थप विवरण आउन बाँकी
झापा, १२ माघ झापाबाट काठमाडौं आउँदै गरेको माइक्रोबस सिन्धुली’मा दु’र्घटना भएको छ । आइतबार बिहान सिन्धुलीको कमलामाई नगरपालिका–२ बिपीराजमार्ग अन्तर्गत ढुङ्रेबज्याङमा दुर्घटना भएको हो । दुर्घटनामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।
पूर्वराजा ज्ञानेन्द्र परिवारसहित पश्चिम बंगालतिर
काठमाडौँ, १२ माघ । पूर्व राजा ज्ञानेन्द्र शाह परिवारसहित आज भारतको पश्चिमबंगाल जाँदै छन् । गएको मंसिर २७ गते झापा पुगेका ज्ञानेन्द्र पूर्वरानी कोमल र निजी कर्मचारीसहित पश्चिमबंगाल जान लागेका हुन् । निजी सचिव सागर तिमल्सिना, एक निजी सुरक्षागार्ड, केही निजी कर्मचारीसहित पश्चिम बंगाल भ्रमणमा जाने शाहलाई सुरक्षा निकाय र उनको कारगेटसहितको टोलीले आज बिहान […]
शीर्षक बदलेर झन् बढी सुविधा: मेयरलाई ४७, अध्यक्षलाई ४२ हजार पुर्याइँदै
काठमाडौँ, १२ माघ । पाल्पाको निस्दी गाउँपालिकाले जनप्रतिनिधिका लागि किनेको मोटरसाइकल । एउटै मोटरसाइकलको ४ लाख ८५ हजार पर्छ । यो गाउँपालिकामा कर्मचारीभन्दा सवारीसाधन धेरै छन् । कान्तिपुर पारिश्रमिक कटौती भएपछि खर्च धान्नै मुस्किल भएको गुनासो गर्दै आएका जनप्रतिनिधिहरू पछिल्लो समय कार्यालय जानसमेत छाडेका छन् । उनीहरूले सुविधासम्बन्धी विशेष व्यवस्था गर्न प्रदेश सरकारसँग माग गर्दै आएका […]
पूर्वराष्ट्रपतिले भने भण्डारीको नाममा बिनास निम्त्याउन खोजिदैछ
भक्तपुर, १२ माघ । नेपालका प्रथम रास्ट्रपति रामवरण यादवले स्वर्गीय नेता मदन भण्डारीको नाममा सरकारले विनास निम्त्याउन खोजेको आरोप लगाएका छन् । चुरे क्षेत्रमा राजमार्ग बन्नु नहुनेमा जोड दिदै उनले प्रस्तावित मदन भण्डारी राजमार्ग राम्रो नभएको भनेका हुन् । शनिवार भक्तपुरमा ‘रवीन्द्र पुरी फाउन्डेसन फर कन्जर्भेसन’ को दशौ वार्षिकोत्सब कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व रास्ट्रपति यादवले […]
दिपक मनाङ्गेलाई थुनामा, कुटाइ खाएको भन्दै उजुरी हाल्ने मिलन गुरुङ पनि पक्राउ
काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङ्गें)लाई अनुसन्धानका लागि दुई दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले अभद्र व्यवहारको मुद्दामा अनुसन्धानका लागि मनाङ्गेलाई दुई दिन थुनामा राख्न अनुमति दिएको हो । अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङले आफूमाथि कुटपिट भएको भन्दै मनाङ्गेविरुद्ध उजुरी दिएका थिए । […]
गाउँपालिका अध्यक्ष ८ लाख घुस रकमसहित पक्राउ
सुर्खेत । जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी ८ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।स्थानीय स्तरमा निर्मित सडकको बिल भुक्तानीबापत लिएको घुससहित गाउँपालिका अध्यक्ष केसी पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले अध्यक्ष केसीलाई ८ लाख घुस रकम लिँदा लिँदै पक्राउ गरेको हो । केसीसँगै रहेका अर्का व्यक्ति चन्द्र […]
चीनबाट फर्किएका एक नेपालीमा पनि भेटियो कोरोना भाइरसको संक्रमण
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ । चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनको वुहानबाट हालै फर्किएका एक नेपाली विद्यार्थीमा उक्त सङ्क्रमण देखिएको बताएका छन्। “वुहानबाट फर्किएका उनलाई […]






