महाधिबेशनको कार्यतालिकालाई लिएर कांग्रेसभित्र गुटगत टकाराव शुरु, घरघरमा गुट भेला सिटौलालाई पेलेरै जाने देउवाको तयारी

काठमाडौं ३० मंसिर । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसभित्र गुटगत टकराव उत्कर्षमा पुगेको छ । बरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला गुटले केन्द्रीय समितिको बैठक निरन्तर बहिष्कार गरिरहेको छ भने, सभापति शेरबहादुर देउवा पेलेरै जाने गरी बैठक सञ्चालन गरिरहेका छन् ।महाधिबेशनको कार्यतालिकालाई लिएर कांग्रेसभित्र गुटगत टकाराव शुरु भएको छ । सभापति शेरबहादुर देउवा […]

कीर्तिपुरमा कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका आमा छोराको मृर्त अवस्थामा

काठमाडौं, ३० मंसिर। काठमाडौंको कीर्तिपुरमा कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका दुई जनाको सुतेकै अवस्थामा मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका ८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिए । अक्सिन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले […]

प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव

बुटवल, ३० मंसिर, बुटवल । प्रदेश ५ को स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव गरेको छ । यस्तै स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना बुटवल पश्चिम कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ लमही क्षेत्रलाई प्रस्ताव गरेको छ । प्रदेश ५ को नाम लुम्बिनी नामाकरण गर्ने विषयमा एकमतले सिफारिस गरिएको […]

एकतापछि पार्टीमा घात प्रतिघात झनै बढेकाे प्रचण्ड प्रतिवेदन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा घात प्रतिघात बढेकाे बताएका छन । आइतबारदेखि शुरु भएको स्थायी कमिटी बैठकमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा प्रचण्डले साे कुरा बताएका हुन् । उनले प्रतिवेदनमा एकता प्रक्रियामा भइरहेको ढिलाइको ‘आलोचना’ समेत गरेका छन् । ‍प्रतिवेदनमा प्रचण्डले एकता प्रक्रियामा गरिएको ढिलाइका कारण पार्टी संगठन नै अन्योलग्रस्त […]

चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराईको निधन, दुबै अभिनेताको एकैसाथ दाहसंस्कार गरिने

काठमाडौं, ३० मंंसिर । चलचित्र विकास बोर्डका अध्यक्ष केशब भट्टराईको हृदयघातका कारण निधन भएको छ। आइतबार राति अनामनगरस्थित घरबाट चाबहिलस्थित ओम अस्पताल लैजाँदै गर्दा भट्टराईको निधन भएको पारिवारिक स्राेतले जानकारी दिएकाे छ ।  भट्टराईलाई राति १० : २०  बजे ओम  अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।  चिकित्सकले उनकाे  हृदयघातका कारण निधन भएकाे जानकारी […]

राष्ट्र बैंकले दिएको निर्देशन तत्काल फिर्ता नलिए आन्दोलनको चेतावनी

काठमाडौं २९ मंसिर । नेपाल राष्ट्र बैंकले सामाजिक सुरक्षा कोषमा दर्ता हुन दिएको निर्देशनप्रति वित्तीय संस्थाका कर्मचारीहरुले आन्दोलन गर्ने चेतावनी दिएका छन्। नेपाल वित्तीय संस्था कर्मचारी संघले आइतबार विज्ञप्ति जारी गरी राष्ट्र बैंकले दिएको निर्देशन तत्काल फिर्ता लिन आग्रह गर्दै फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएका हुन् । संघले भनेको छ,‘ यदि नेपाल राष्ट्र बैंकले […]

देशभरको मौसमी आज पनि बदली हुने, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौँ, २९ मंसिर । देशभरको मौसमी आज पनि बदली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज न पानी पर्ने नत घाम नै लाग्ने जनाएकाे छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव कायम रहेका कारण दिनभर नै मौसम बदली हुने पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश क्षेत्रमा सामान्यदेखि पूर्ण बदलीको हुनेछ । […]

गएराति भयानक बम विष्फोट इन्स्पेक्टरसहित ३ जनाको मृत्यु

धनुषा । धनुषामा गएराति बम विष्फोट हुँदा प्रहरी निरीक्षकसहित ३ जनाको मृत्यु भएको छ । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्सपेक्टर)अमिर कुमार दाहाल उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो । कोखामा छर्रा लागेर गम्भीर घाइते भएका दाहालको मृत्यु अस्पतालमा उपचारका क्रममा भएको हो । […]

अवैध च्यानल प्रसारण गर्नेको लाइसेन्स रद्द गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं २७ मंसिर। सरकारले अनधिकृत रुपमा विदेशी च्यालन प्रसारण गर्ने डिभाइन स्ट्रम नेटवर्क प्रालि मेरो टिभीको लाइसेन्स रद्द गर्ने प्रक्रिया अघि बढाएको छ । पटक पटकको लिखित तथा मौखिक निर्देशन र एक साताअघिको अन्तिम चेतावनी पनि अटेर गरेपछि कानुन बमोजिम इजाजतपत्र रद्द गर्ने प्रक्रिया अघि बढाइएको हो । सञ्चार तथा सूचना प्रबिधिमन्त्री गोकुल बास्कोटाले अवैध […]

मुग्लिन–नारायणगढ सडक आजदेखि पुस ११ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं, २७ मंसिर । नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दुई सातासम्म दिउँसो बन्द हुने भएको छ । सडक खण्डको पहिरो जाने क्षेत्रको निर्माण कार्यका लागि दुई साता दिउँसो सवारी आवागमन बन्द गर्न लागिएको हो । जिल्ला सुरक्षा समितिको बैठकले आजदेखि पुस ११ गतेसम्म दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय […]