आज देशभर बदली, केही स्थानमा वर्षा र हिमपात

काठमाडाैं । मौसम पूर्वानुमान महाशाखाले पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण देशभरी सामान्यदेखि पूर्ण बदली हुने जनाएको छ । महाशाखाले एक सूचना जारी गर्दै केही स्थानमा हल्का वर्षा र केही स्थानमा भारी हिमपात हुने बताएको छ । शुक्रबार दिनभरी देशका सबै स्थानमा सामान्यदेखि पूर्ण रुपमा बदली हुने र केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ […]

बालाजु बसपार्कलाइ राष्ट्रिय गौरवको बसपार्क बनाइदै

काठमाडौं । गोँगबुस्थित नयाँ बसपार्कलाई राष्ट्रिय गौरवको बसपार्क बनाइने भएको छ । नयाँ बसपार्क सञ्चालनको जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिद्वारा ल्होत्से मलमा स्थापना गरिएको ‘फिल्म हलको शुभारम्भ’ कार्यक्रममा देशकै एकमात्र राष्ट्रिय बसपार्कलाई गौरव गर्नलायक बसपार्क निर्माण गर्न लागिएको बताइएको हो । ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष दीपक कुँवरले काठमाडौँ महानगरपालिकाको सम्पत्ति नयाँ बसपार्कलाई नमूना बसपार्क बनाउन […]

मान्छे नै नबस्ने महादेश अन्टार्कटिकामा पुगेको ३८ जना बोकेको जहाज एकाएक वेपत्ता

काठमाडौं । अन्टार्कटिकास्थित हवाई बेसका लागि उडान भरेको चिली बायु सेनाको एउटा जहाज बेपत्ता भएको छ । सोमबार साँझ १७ चालक दलका सदस्य र २१ जना यात्रु गरी ३८ जना बोकेको जहाज उडेको सी–१३० हरकुलस जहाज स्थानीय समयानुसार १६ः५५ बजेदेखि सम्पर्कविहीन छ । चिलीको वायु सेनाले सम्पर्कविहीन जहाजको खोजी र यात्रुहरुको उद्दारको कार्य शुरु भइसकेको […]

गोली हानाहान हुँदा एक प्रहरी अधिकृतसहित ६ को मृत्यु, २ प्रहरी घाइते

काठमाडौं । अमेरिकाको न्यूजर्सीमा भएको गोलाबारीमा एक प्रहरी अधिकारीसहित ६ जना मारिएका छन् । घटनामा दुई जना प्रहरी पनि घाइते भएको जनाइएको छ । शहरको ग्रीनविले इलाकामा दुवैतर्फबाट झण्डै एक घण्टासम्म गोली हानाहान भएको थियो । प्रहरीमाथि किन र कसले गोली चलायो भन्ने अझै एकीन हुन सकेको छैन । सरकारी अधिकारीले हमलामा चरमपन्थीहरुको हात हुन […]

उत्रिए लोकसेवाले मागेको अधिकृतको विज्ञापनविरूद्ध कर्मचारी

काठमाडौँ, २६ मंसिर । लोकसेवा आयोगले बुधबार खोलेको शाखा अधिकृत तहका कर्मचारीको विज्ञापनको समायोजनमा परेर प्रदेश र स्थानीय तहमा गएका शाखा अधिकृतहरूले विरोध जनाएका छन् । कर्मचारी समायोजन ऐन, २०७५ अनुसार समायोजन भएर प्रदेश र स्थानीय तहमा गएका ब्याच नम्बर ३०, ३१, ३२ र ३३ का शाखा अधिकृतहरूले नयाँ विज्ञापनको विरोध गरेका हुन् । उनीहरूले […]

कांग्रेस केन्द्रीय समिति बैठकका यस्ता छन् एजेन्डा

काठमाडौँ, २६ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय कार्यासमिति बैठकमा छलफलका लागि ६ एजेन्डा तय गरिएको छ । पदाधिकारी बैठकले मंसिर १४ गते सम्पन्न उपनिर्वाचन समीक्षा, भारतले आफ्नो राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समाहित गरेको लगायत विषय छलफलका लागि विषय तय गरेको हो । भारतले गरेको सीमा अतिक्रमण विषयमा बैठकमा छलफल गरेर पार्टीको […]

हुम्लामा फेरि भारी हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित

हुम्ला, २६ मंसिर । दोस्रो पटक हिमपात हुँदा हुम्लाको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा आज बिहान ६ बजेबाट हिमपात शुरु हुँदा अन्तरजिल्ला पुग्ने हवाई उडान बिहानबाटै प्रभावित भएको छ । हिमपातले गर्दा जिल्लाको एक मात्रै यातायात सेवा हवाइजहाज उडान बन्द रहेको सिमकोट विमानस्थल स्रोतले जानकारी दिएको छ […]

२ सय ८ वटा म्यानपावर कम्पनी कालो सूचीमा, ५० भन्दा धेरै खारेज गरिदै

काठमाडौं । वैदेशिक रोजगार विभागले २ सय ८ वटा म्यानपावर कम्पनीको काम कारवाही रोक्का गरी कानुनी कारवाही प्रक्रिया अघि बढाएको छ । वैदेशिक रोजगारीका क्रममा श्रमिकलाई समस्या पार्ने, विदेशमा अलपत्र परेका श्रमिक समयमा उद्धार नगर्ने, विदेशी कामदार पठाउदाँ धेरै पैसा असुली गर्ने र वैदेशिक रोजगार ऐनअनुसार कागतजागत पेश नगर्ने म्यानपावर कम्पनीको कामकारवाही रोक्का गरी कारवाहीको […]

सागमा स्वर्ण जित्ने खेलाडीलाई जनही ९ लाख दिइने, ४ स्वर्ण जित्ने गाैरिकालाई ११ लाख

काठमाडौं, २५ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३ औं दक्षिण एसीयाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीलाई ९ लाख रुपैंया पुरस्कारको घोषणा गरेका छन् । एक भन्दा बढी स्वर्ण जित्नेलाई भने ११ लाख रुपैंया दिने प्रधानमन्त्रीले घोषणा गरेका छन् । यस हिसाबले गौरिकाले ११ लाख रुपैंया पाउने भएकी छन् । यस्तै सरकारका तर्फबाट रजत […]

१२३ स्थानीय तहमा ४ हजार बढी शिक्षकको दरबन्दी मिलान

काठमाडौँ । सरकारले १२३ स्थानीय तहका चार हजार ८५२ सामुदायिक विद्यालय शिक्षकको दरबन्दी समायोजन गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले आज पत्रकार सम्मेलन गर्दै देशभरका १२३ स्थानीय तहबाट चार हजार ८५२ दरबन्दी तथा राहत अनुदान कोटामा कार्यरत शिक्षकलाई अन्य स्थानीय तहमा हस्तान्तरण गर्ने गरी मिलान गरिएको जानकारी दिए । उनले विद्यालयमा […]