शिवरात्रीमा सडकमा डोरी टागेर बसेका बालकको बसको ठक्करबाट गयो ज्यान

दोलखा, ९ फागुन । शिवरात्रीमा सडकमा डोरी टागी पैसा माग्दै गरेका एक बालकको बसको ठक्करबाट ज्यान गएको छ । अन्दाजी १० वर्षका बालकको घटनास्थलमै ज्यान गएको हो । कालिन्चोक-९ का स्थानीय थामी थरका १० वर्षका बालकको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । सिगटीबाट काठमाडौ आउँदै गरेको बा ४ ख ५८०९ नम्बरको बसले ठक्कर दिँदा […]

हुम्लामा अझै पुगेनन पाठ्यपुस्तक

हुम्ला, ९ फागुन । शैक्षिक सत्र शुरु भए पनि हिमाली जिल्ला हुम्लाका विद्यार्थीहरुले अझै पर्याप्त पाठ्यपुस्तक पाउन सकेका छैनन् । पाठ्यपुस्तक छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र र निजी क्षेत्रले पुस्तक ढुवानी तथा बिक्रीको जिम्मा दिएका स्थानीय एजेण्टहरुले माग गरेको भन्दा निकै कम पुस्तक उपलब्ध गराएका छन् । एजेन्टहरुले माग गरेअनुसार पुस्तक नपाएको गुनासो […]

सञ्चारमन्त्री बास्कोटाले दिए पदबाट राजीनामा

काठमाडौं, ८ फागुन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा मुछिनु भएका सञ्चारमन्त्री गोकुल बाँस्कोटाले पदबाट राजीनामा दिनु भएको छ । सभामुख अग्नि प्रसाद सापकोटाले संसदमा यस्तो जानकारी दिनु भएको हो । नेपाली कांग्रेसका सांसदले संसद बैठक अवरुद्ध गरेपछि सभामुख सापकोटाले मन्त्री बास्कोटाले राजीनामा दिएको कुरा जानकारी गराउनु भएको हो । उहाले भन्नु भयो, “मन्त्रीज्युले सम्बन्धित […]

गोकुल बाँस्कोटाले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौँ, ८ फाल्गुन । सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन् ।सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा घुसमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि उनले राजीनामा दिएका हुन् । बिहीबार बिहान कञ्चनपुरमा रहेका उनले काठमाडौं फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएको स्रोतले बताएको छ ।बाँस्कोटा विमानस्थलबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो […]

काँग्रेस द्धारा राष्ट्रिय सभा बैठक अवरुद्ध, सञ्चारमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने घोषणा

काठमाडौं, ८ फागुन । काँग्रेस सांसदहरुले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेका छन् । बिहीबारको बैठकमा काँग्रेस सांसदहरुले सेक्यरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा सरकारको जवाफ माग गर्दै संसद बैठक अवरुद्ध गरेका हुन् । बैठकमा काँग्रेस सांसद जितेन्द्र देवले सञ्चारमन्त्री बाँसकोटाको राजीनामा, छानविन समिति गठन र घटनाबारे प्रस्ट धारणा प्रधानमन्त्रीले नदिएसम्म बैठक अघि बढ्न नसक्ने धारणा राखेका […]

मन्त्री बास्कोटालाई बर्खास्त गर्न नेविसंघको चेतावनी (विज्ञप्ति सहित) हेर्नुहोस!

काठमाडौं, ८ फागुन। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई बिवादमा तानिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ नेविसंघ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । नेविसंघ अध्यक्ष राजीव ढुङ्गानाले विहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले मन्त्री बास्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने […]

सञ्चारमन्त्रीलाई तत्काल बर्खास्त गर्न कांग्रेसको माग (विज्ञप्ति सहित )हेर्नुहोस ।

काठमाडौं ८ फागुन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालाई तत्काल बर्खास्त गर्दै निस्पक्ष छानविनको माग गरेको छ । सेक्युरिटी प्रीन्टिङ प्रेस खरिदका विषयमा घुस लेनदेनको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि कांग्रेसले सञ्चारमन्त्रीको बर्खास्तीको माग गरेको हो । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त […]

मन्त्री गोकुल बास्कोटाले ३० अर्बको एमओयुमा ७४ करोड कमिसन मागेको अडियो बन्यो भाइरल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले घुस लेनदेनका लागि गरेको कुराकानीको ‘अडियो टेप’ सार्वजनिक भएको छ । मन्त्री बाँस्कोटाले ७० करोडको लेनदेनका लागि गरेको भनिएकाे कुराकानीको अडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेकाे छ । अडियाेमा मन्त्री बाँस्कोटाले स्वीजरल्याण्डको राजदूतावाससँग सम्बन्धित एक प्राेजेक्टका बारेमा कुराकानी गरेका छन् । जहाँ मन्त्रीको समय मिलाउने र कमिसनका […]

आफुले चलाईरहेको मोबाइल नम्बरबाट यि कुराहरुको भरपुर फाईदा लिनुहोस !

मोबाइलको ब्यालेन्स थाहा पाउन *400# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर थाहा पाउन *9# डायल गर्नुहोस । आफ्नो मोबाइल नम्बर कस्को नाममा छ थाहा पाउन *922# डायल गर्नुहोस । कल फरवार्ड गर्न **21*98xxxxxxxx (फरवार्ड गर्न चाहेको नं.)# डायल गर्नुहोस । कल फरवार्ड Cancel गर्न ##002# डायल गर्नुहोस । Call Waiting सेवा सुचारु गर्न *43# डायल […]

टेलिमकले देशभर फोरजी विस्तार, प्रगति ६० प्रतिशत मात्रै

काठमाडौँ, ७ फागुन । नेपाल टेलिकमले एक वर्षभित्र काम सक्ने गरी अघिल्लो वर्षदेखि फोरजी विस्तार सुरु गरे पनि ६० प्रतिशत मात्रै काम सकिएको छ । टेलिमकले देशभर फोरजी विस्तार गर्ने गरी गत वर्ष पुस २० गते ठेक्का सम्झौता गरेको थियो । सम्झौतामा ०७६ फागुन मसान्तसम्म काम सक्ने सर्त तोकिए पनि हाल ६० प्रतिशत मात्रै काम सकिएको छ । […]