शिवरात्रीमा सडकमा डोरी टागेर बसेका बालकको बसको ठक्करबाट गयो ज्यान

दोलखा, ९ फागुन । शिवरात्रीमा सडकमा डोरी टागी पैसा माग्दै गरेका एक बालकको बसको ठक्करबाट ज्यान गएको छ । अन्दाजी १० वर्षका बालकको घटनास्थलमै ज्यान गएको हो ।

कालिन्चोक-९ का स्थानीय थामी थरका १० वर्षका बालकको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । सिगटीबाट काठमाडौ आउँदै गरेको बा ४ ख ५८०९ नम्बरको बसले ठक्कर दिँदा उनको तत्कालै बिभत्स किसिमले ज्यान गएपछि स्थानीय आक्रोसित बनेका छन् ।

बस चालकको लापरबाहीका कारण ज्यान गएको स्थानीयको आरोप छ । उनीहरुले शव सडकमा राखी प्रदर्शन गरिरहेका छन् । चालकलाई आजीवन कैद हुनुपर्ने उनीहरुको माग छ ।

बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

Loading...