अध्यक्षद्वय ओली र दाहालबीच भेटवार्ता, समसामयिक विषयमा छलफल

काठमाडौं, १२ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक घटना क्रममा र पार्टीले संविधान संसोधनका लागि संयन्त्र बनाएपछि उत्पन्न परिस्थितिका बारेमा छलफल भएको बताइएको छ ।

शनिबार बसेको सचिवालय बैठकले माधवकुमार नेपालको नेतृत्वमा राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधन गर्न गृहकार्यका लागि कमिटी गठन गर्ने निर्णय भएको थियो ।

संविधान संसोधनको निर्णय भएलगत्तै त्यसको विरोध भएको छ । त्यसैगरी भेटमा घुस बार्गेनिङको टेप सार्वजनिक भएपछि राजीनाम दिएका निवर्तनमा सञ्चारमन्त्री गोकुल बास्कोटाको विषयमा पार्टीले छानविन गर्ने वा नगर्ने भन्ने विषयमा पनि छलफल भएको बताइएको छ । यस्तै नेकपा कार्यदलले बुझाएको मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसीको नयाँ प्रस्तावसहितको प्रतिवेदन विचाराधिन अवस्थामा छ ।