दुई दिने भारत भ्रमणमा ट्रम्प

एजेन्सी, १२ फागुन । आफ्नो दुई दिने भारत भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अमेरिकाबाट प्रस्थान गरिसकेका छन् । यो अवधिमा उनी मौर्या शेराटन होटलमा बस्नेछन् । दिल्लीमा रहेको समयमा उनकी पत्नी मेलानिया ट्रम्प दिल्ली सरकारी स्कुलमा ह्याप्पीनेस क्लासमा सहभागी हुने भएकी छन् । सोही स्थानमा ट्रम्पले पान पनि चाख्ने भएका छन् ।

दिल्ली–एनसीआरमा प्रसिद्ध रहेको पाण्डे पान भण्डारका मालिक हरिओम पाण्डेका अनुसार डोनाल्ड ट्रम्पका लागि पान मगाइ सकिएको छ । अमेरिकी राष्ट्रपतिका लागि विशेष पान बनाइएको छ ।उनको पसलमा १५० भन्दा बढी किसिमका पान उपलव्ध छन् । हरिओमका अनुसार लगभग सबै विदेशी राष्ट्रध्यक्षलाई उनको पसलको पान खुवाइने गरेको छ ।

Loading...