सिडिओसहित सुरक्षा निकायका प्रमुखलाई गृहमन्त्रीको आकस्मिक निर्देशन

भक्तपुर, १३ फागुन । गृहमन्त्री रामहादुर थापा बादलले उपत्यकाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएर गम्भीर निर्देशन दिएका छन् । सुरक्षामा चुनौती देखिएको भन्दै उनले उच्च सतर्कतामा रहन निर्देशन दिएका हुन् ।

भक्तपुर,ललितपुर र काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० सहित प्रहरी, सशस्त्र, अनुसन्धान विभाग र महानगरीय प्रहरी कार्यालयका प्रमुखहरुलाई बोलाएर मन्त्री थापाले उच्च सतर्कतामा रहन निर्देशन दिएका श्रोतले बताएको छ । बैठक नियमित नभएर आकस्मिकरुपमा बोलाइएकोले राजधानीमा ठुलै सुरक्षा थ्रेटको आशंका गरिएको छ ।

मन्त्री थापाले ‘ठुलै घटना घटाउन’ हर्कत भैराखेको भन्दै उच्च सतर्क रहन निर्देशन दिएका बताइएको छ । पछिल्लो समय सरकारको अलोकप्रियताको फाइदा उठाउदै ‘बिप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपाले ठुलै घटना घटाउने योजना बनाइरहेको आशंका गरिएको छ । फागुन १ को जनयुद्ध दिवसमा मौनता साधेर बसेको बिप्लव नेतृत्वको शक्ति प्रति सरकार सशंकित बनेको हो ।

Loading...