डुंगा पल्टिँदा बेपत्ता भएका लुइँटेल मृत फेला

पोखरा, १३ फागुन । फेवातालमा सोमबार डुंगा पल्टिँदा बेपत्ता भएका काठमाडौँ (१० कपनका २७ बर्षीय सुमित भनिने राम शरण लुइँटेल आज मृत फेला परेका छन् । गण्डकी प्रदेश सशस्त्र प्रहरी गण पोखराबाट खटिएको गोताखर सहितको उद्दार टोलिले खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो करिव ३ वजेको समयमा लुइँटेललाई मृत भेटेको हो ।

तालको खपौदी क्षेत्रमा ४० फिट गहिरो क्षेत्रबाट लुइँटेलको शव निकालिएको वडा प्रहरी कार्यालय बैदामका डिएसपी यादव ढकालले जानकारी दिए । सशस्त्र प्रहरीका तालिम प्राप्त गोताखर दिर्घ नारायण पौडेल र दिपेन्द्र विष्टको टोलीले तालमा घोप्टो परेर गढेर रहेको लुइँटेलको शव निकालेको हो ।

सोमबार दिउँसो करिब १ बजेर ३० मिनेट जाँदा खपौदी क्षेत्रबाट काठमाडौंको एक टोली सिंगल डुंगा लिएर हिँडेको थियो । डुंगा पल्टिदा डुंगामा सवार ३ मध्ये १ जना बेपत्ता भएका थिए । उक्त डुङ्गामा सवार अर्का काठमाडौँ कपन बस्ने २७ बर्षीय सुविन चालिसे र २८ बर्षीय रुपेश अधिकारीको हिजो सोमबार नै शकुसल उद्दार गरिएको थियो ।

Loading...