बालाजुमा ट्याक्सी र मोटरसाइकल ठोक्किँदा दुई युवकको ज्यान गयो

काठमाडौँँ, १३ फागुन । काठमाडौँको बालाजु स्थित गंगाहल अगाडि ट्याक्सी र मोटरसाइकल एकआपसमा ठोक्किएका छन । उक्त दुर्घटनामा दुई युवकको ज्यान गएको छ । ज्यान गुमाउनेमा मोटरसाईकल चालक नुवाकोटका निखिल तामाङ रहेका छन् ।

यस्तै मोटरसाइकलमा सवार गम्भीर घाइते नुवाकोट ककनीका रुपेश तामाङको उपचारका क्रममा निधन भएको छ । बालाजुतर्फ आउँदै गरेको बा २ ज १४३० नम्बरको ट्याक्सी र विपरित दिशाबाट जाँदै गरेको बा ७८ प १४० नम्बरको मोटरसाइकल राति सवा ११ बजे आपसमा ठोक्किएको महानगरीय ट्राफिक प्रहरी महाशाखा माछापोखरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका चालक ककनी गाउँपालिका साबिक मदानपुर- घर भएका २२ वर्षीय निखिल तामाङ र रुपेश तामाङको उपचारको क्रममा महांकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्याक्सीसहित चालकलाई महानगरीय प्रहरी वृत बालाजुले नियन्त्रणमा लिएको छ ।

Loading...