एमसीसी कुनै पनि हालतमा पास हुँदैन: प्रमुख सचेतक गुरुङ

काठमाडौँ, १५ फागुन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङले नेपालको राष्ट्रिय स्वाधिनता विपरित आउन खोजेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कुनै पनि हालतमा पास नहुने बताएका छन् । विहिबार राजधानी स्थित संवाद डबलीले आयोजना गरेको समसामयीक राजनीतिक विषयमा गरिएको अंतर संवाद कार्यक्रममा उनले सो कुरा बताएका हुन् । नेता गुरुङले […]

प्रदेश नं ५ सरकारको ध्यान लगानी सम्मेलनमा

रुपन्देही, १५ फागुन । आफ्ना दुईवर्षे उपलब्धि र प्रदेशका उत्पादन देखाउँदै प्रदेश–एक्स्पो सम्पन्न गरेको प्रदेश ५ सरकारले लगानी सम्मेलनको तयारीमा ध्यान केन्द्रित गरेको छ । प्रदेश सरकारले आगामी आ व २०८०र८१ सम्ममा समृद्ध प्रदेश बनाउन करिब १२ खर्बको लगानी आवश्यक रहेको प्रक्षेपण गरेको छ । सोही प्रक्षेपणअनुसार निजी क्षेत्रलाई लगानीका लागि आह्वान गर्दै सरकारले लगानी […]

लाखौं ठगेर फरार पूर्णिमा श्रीष प्रहरीको फन्दामा

काठमाडौं, १५ फागुुन । बैदेशिक रोजगारीका लागि फ्रान्स पठाउने नाममा लाखौ ठगी गरेर फरार पूर्णिमा श्रीषलाई प्रहरीले पक्राउ गरेको छ। रुपन्देहीको तत्कालीन दुधराक्ष गाविस–५ घर भई हाल काठमाडौंको तरकेश्वर–११ बासुकीनाग मार्ग बस्दै आएकी गंगाबहादुर छन्त्यालकी छोरी भुपाल श्रीषकी श्रीमती ४३ वर्षीैया पूर्णिमालाई ३८ लाख ५० हजार ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो । उनले […]

ओली, प्रचण्ड र माधव एउटै मञ्चमा

काठमाडौं, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट‍्रिय सभामा पठाउने विषयमा बालुवाटारमा बुधबार भएको बबन्डरपछि नेकपाका शीर्ष नेताहरु बिहीबार एउटै मञ्चमा प्रस्तुत हुँदैछन्। राजधानीको यलम्बर पार्टी प्यालेसमा बिहीबार दिउँसो आयोजित बागमती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधव नेपाललगायतका नेताहरुले संयुक्त रुपमा सम्बोधन गर्दै […]

प्रधानमन्त्रीको बिलौना, आफ्नैबाट असहयोग भयो

काठमाडौं, १५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र विवाद बढ्दै गएको कांग्रेस नेता डा शेखर कोइरालासँग बताएका छन्। प्रधानमन्त्री ओलीले कांग्रेस नेता कोइरालालाई बालुवाटार बोलाएर पार्टी भित्रबाटै असहयोग हुँदै गएको बताएका हुन्। सचिवालय बैठकले राष्ट्रियसभामा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई पठाउने निर्णयप्रति आफ्नो असहमति रहेकोसमेत प्रधानमन्त्री ओलीले कांग्रेस नेता कोइरालालाई सुनाए। बिहीबार बिहान डेढ घन्टा […]

मालेका महासचिव मैनाली चढेको गाडी दुर्घटना, अवस्था गम्भीर

बर्दिबास, १५ फागुन । नेकपा मालेका महासचिव तथा पूर्वउपप्रधानमन्त्री सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिवासमा दुर्घटना भएको छ । दुर्घटनामा परी महासचिव मैनाली गम्भीर घाइते भएका छन् । झापाबाट महासचिव मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतफैै आउँदै गरेको बा ७ च २१२० नम्बरको कार बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ […]

नयाँदिल्ली हिंसा: मृतकको संख्या ३२ , झण्डै २०० जना घाइते

नयाँदिल्ली, १५ फागुन । भारतको राजधानी नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका कारण बिहीबार बिहानसम्म ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार झण्डै २०० जना घाइते भएका छन् । हिंसा नियन्त्रणका लागि उत्तरपूर्वी दिल्लीमा हजारौं दङ्गा प्रहरी र अर्ध सैनिक बल परिचालन गरिएको छ । जिटीबी अस्पतालका निर्देशक सुनिल कुमारले अस्पतालमा […]

प्रधानमन्त्री ओली र कांग्रेस नेता डा. शेखर कोइरालाबीच भेटवार्ता

काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक किचलो बढिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस नेता डा शेखर कोइरालासँग भेटवार्ता गरेका छन् । नेकपा सचिवालय बैठकले बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने गरी निर्णय गरेकोमा एकाएक ओली त्यसको विपक्षमा देखिएपछि नेकपाभित्रको विवाद सहतमा मात्रै आएको छैन कतिपयले पार्टीभित्र विभाजनको रेखा समेत देखिएको टिप्पणी […]

बिद्युतीय गाडीबारे यस्ता छन् भ्रम र तथ्य हेर्नुहोस!

काठमाडौं, १४ फागुन । संसारभर विद्युतीय कारको प्रयोग बढ्दै गइरहेको छ । द इन्टरनेशनल एनर्जी एजेन्सीका अनुसार सन् २०३० सम्ममा विश्वभर १२।५ करोड विद्युतीय कारहरु गुड्नेछन् । यस प्रकारका कारहरु वातावरण मैत्री हुने भएकाले यसको माग र उपयोगको क्रम बढ्दै गएको छ । तर पनि आम मानिसमा बिद्युतीय कारहरुका बारेमा केहि भ्रमहरु पाइन्छन् ।तर ती […]

जन्ती बोकेको बस नदीमा खस्दा २४ जना घटनास्थलमै मृत्यु

एजेन्सी, भारतको राजस्थानमा जन्तीबस मैज नदीमा खस्दा २४ जनाको मृत्यु भएको छ । बुधबार सबेरै भएको दुर्घटनामा ३ बालबालिका, १० महिलासहित २४ जनाको मृत्यु भएको हो । बरनबाट सवाई मधुपुर जाँदै गरेको बस बुन्डी जिल्ला अन्तर्गतको कोटा- डौसा राजमार्गबाट नदीमा खसेको थियो । बसमा ४० जना सवार रहेकोमा समयमै उद्धार हुन नसक्दा ठूलो मानवीय क्षति […]